२०७७ चैत्र ३० , सोमवार

सेयर बजारमा रौनकता जारी, नेप्से सूचकमा निरन्तर वृद्धि

सुनाखरी न्युज/ काठमाडौं  ।
सेयर बजारमा रौनकता देखिएको छ । सेयर खरिदबिक्री रकमसँगै नेप्से सूचकमा दोहोरो अंकको बढोत्तरी देखिएको छ । नेप्सेले १८ सय विन्दुलाई क्रस गरेपछि सर्वसाधारण लगानीकर्तामा थप उत्साह र कौतुहलता जारी छ । यो समाचार तयार पार्दासम्म (करिब १ः३५ बजे) नेप्से सूचक ४३ अंकले बढिसकेको छ । सूचक यतिबेला १८६३ विन्दु पार गरेको छ । खरिदबिक्री रकम पनि बढेको छ । नेप्से सूचक यसअघिको अल टाइम हाई १८८१ विन्दु नजिक पुगिरहेको छ ।

बुधबार बैंकिङ समूहमा पनि तेजी आएको छ । बिमा, उत्पादनमूलक तथा व्यापारिक समूहहरु पनि बेस्सरी चम्किएका छन् । आम लगानीकर्ताको मनोविज्ञान सकारात्मक बनेको छ । प्रविधिको सहजताले लगानीकर्ताहरु थप उत्साहित भएका हुन् । सस्तो ब्याजदरले पनि बजारलाई टेवा दिइरहेको छ । यतिबेला आधा दर्जनभन्दा बढी कम्पनीको भाउ बढेर सकारात्मक सर्किट लागेको छ ।