२०७७ चैत्र ३० , सोमवार

मल ल्याउन नसकेपछि सैलुङको ठेक्का रद्ध, साढे ५ करोड धरौटी जफत

सुनाखरी न्युज/ काठमाडौं – दोस्रो पटक पनि तोकिएको समयमा ३० हजार मेट्रिक टन युरिया मल ल्याउन नसकेपछि सैलुङ इन्टरप्राइज कम्पनी कारबाहीमा परेको छ । कृषि सामाग्री कम्पनी लिमिटेडले सैलुङ इन्टरप्राइज संगको ठेक्का सम्झौता रद्ध गरेर धरौटीबापतको पाँच करोड ५६ लाख ४९ हजार रुपैयाँ जफत गरेको जनाएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्र बहादुर भण्डारीले सैलुङलाई कालोसूचीमा राख्न प्रक्रिया अघि बढाइएकोे बताए ।

 

प्रबन्ध सञ्चालक भण्डारीले गहुँ र तोरीको लागि चाहिने ३० हजार मेट्रिक टन युरिया मल कात्तिक २४ गतेभित्र ल्याउनुपर्ने भए पनि नसकेपछि ठेक्का सम्झौता रद्ध गरेर धरौटी जफत गरिएको जानकारी दिए । यस अघि असार र साउन महिनामा धानमा हाल्ने मल ल्याउन नसकेर कारबाहीमा परेको सैलुङले पुनः दोस्रो पटक प्रतिमेट्रिक टन ३११.५० डलरमा मल ल्याउने गरी कृषि सामाग्री कम्पनीसंग ठेक्का सम्झौता गरेको थियो ।