२०७७ चैत्र ३० , सोमवार

धर्मकाे रक्षक हाे भने उसकाे चरित्र कस्ताे हुन्छ ?

गोपी ढकाल – विद्यालाई उसले भार्या ( पत्नी ) ठान्छ , सन्ताेष नै उसकाे पुत्र । भक्ति लाई उसले माता ठान्छ भने सदाचार लाई पिता मान्छ । सत्य नै उसकाे नाति हुन्छ , धर्म लाई उसले गुरु मान्छ भने श्रद्धा नै उसकाे बहिनी हुन्छ । क्षमा उसकाे सेविका हुन्छ , अहिंसा लाई उसले दासी ठान्छ भने शान्ति लाई उसले साथी मान्छ । मैत्री , करूणा र क्षमा लाई उसले अाफ्नाे सन्तान भन्छ भने निष्ठापूर्वक भराेसामा चल्नु लाई धर्म प्रति विश्वास गर्ने मान्छेले आफ्नाे वाहन (सवारी साधन – ठान्छ ।

 

माहेश्वराचार संग्रह नामक ग्रन्थका अनुसार माथि उल्येखित गुण हरू सहित भगवान रामकाे पहिलाे वचन ” सत्य ” भगवान श्रीकृष्णको पहिलाे वचन ” न्याय ” र भगवान बुद्धकाे पहिलाे वचन ” अहिंसा ” भन्ने चिजकाे शब्दकोष समेत नपढेका तर आफुलाई धार्मिक देखाउदै धर्मकाे दुहाई दिने हरूलाई उक्त ग्रन्थले धर्मका नाममा ढाेंगी र पाखण्ड हुन भनेकाे छ । जस्तै भारतीय टेलिभिजनमा बडेमा धर्म गुरु भन्दै देखिने ढाेंगी र अत्याचारी रामरहिम , निर्मल बाबा र अाशाराम बापु हरू … जाे धर्मकाे आवरणमा टिकेका थिए … आज किन जेलकाे कालकाेठरीमा ?

हाे – माथि उल्येख गरिए अनुसारकाे आचरणमा चल्न गृहस्थ जीवन र राजनीतिमा सम्भव नभए पनि सत्य , न्याय र अहिंसा बाट किन्तु वा परन्तु भन्दै काेही पनि टाढा रहन सक्तैन । त्यसका लागि दुई प्रकारले परिभाषा गरेकाे छ । गृहस्थ जीवनमा चल्नु परे दाजु, भाइ , ज्वाइँ, सम्धी , इष्ट मित्र ,नरनाता र नाेकर चाकर लगायत इत्यादिका बिचमा रम्नु भन्छ तर राजनीतिक मिसनमा हाे भने आफ्ना विचारका सहयात्री हरूनै तिम्रा लागि बाउ, आमा ,दाजुभाइ र नरनाता भएकाले तिनीहरू संगकाे सम्बन्ध लाई सधैं प्रगाढ बनाएर राख्नु भन्छ । त्यस्तै गाैमाता हरू , ऋषिमुनि हरू , वेद , सती नारीहरू , सत्यकाे मर्यादा लाई मन ,वचन र कर्मले पालना गर्ने हरू , निर्लिप्त हरू र दानवीर समेत गरि धर्मकाे अस्तित्व बचाई राख्ने माथि उल्येखित सात तत्वहरू प्रति जहिल्यै पनि आदर र सम्मान गर्नु पर्दछ भनेकाे छ ।