२०७७ चैत्र ३१ , मंगलबार

नेपालमा ९१ प्रतिशत संक्रमणमुक्त, सार्क मुलुकमा कहाँ कतिले जिते कोरोना ?

सुनाखरी न्युज/ काठमाडौं – सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको छ । भुटान, भारत र माल्दिभ्सपछि नेपालमा संक्रमित संक्रमणमुक्त हुनेको संख्या उल्लेखनीय रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारसम्मको तथ्यांक अनुसार नेपालमा कुल संक्रमितमध्ये ९० दशमलव ९० प्रतिशत संक्रमणमुक्त भएका छन् ।

 

देशभर २ लाख २२ हजार २ सय ८८ संक्रमितमध्ये २ लाख २ हजार ६७ जना संक्रमणमुक्त भएका छन् । सोमबारसम्म १ हजार ३ सय ३७ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ रहेको छ ।

सार्क मुलुकमा कहाँ कतिले जिते कोरोना ? (प्रतिशतमा)

भुटान  : ९४.२४
भारत  : ९३.६७
माल्दिभ्स  : ९१.९९
नेपाल  : ९०.९०
पाकिस्तान  : ८७.७८
बंगलादेश : ८१.०१
अफगानिस्तान  : ७९.९६
श्रीलंका : ७१.८७

 

वर्ल्डोमिटरका अनुसार सबैभन्दा धेरै भुटानमा कुल संक्रमितमध्ये ९४ दशमलव २४ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल ३ सय ८२ जना संक्रमितमध्ये ३ सय ६० जना संक्रमणमुक्त भएका छन् ।भुटानमा हालसम्म मृत्युदर शून्य रहेको छ । वल्र्डमिटरका अनुसार संक्रमणमुक्त हुनेमध्ये दोस्रो स्थानमा भारत पर्छ । भारतमा कुल संक्रमितमध्ये ९३ दशमलव ६७ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल ९१ लाख ४० हजार ३ सय १२ जना संक्रमितमध्ये ८५ लाख ६२ हजार ६ सय ४१ जना संक्रमणमुक्त भएका छन् । भारतमा हालसम्म कोरोना संक्रमणबाट १ लाख ३३ हजार ७ सय ७३ जनाको मृत्यु भएको छ ।