२०७८ बैशाख ४ , शनिवार

इन्भेष्टमेन्ट बैंकलाई सिटी एक्सप्रेस फाइनान्स गाभ्ने अन्तिम स्वीकृति

सुनाखरी न्युज/ काठमाडौं – केन्द्रीय बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई सिटी एक्सप्रेस फाइनान्स प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले उक्त स्वीकृति दिएको हो । सिटीलाई एक्सप्रेसलाई इन्भेष्टमेन्ट बैंकले प्रति कित्ता ३० रुपैयाँका दरले गाभ्ने छ ।

 

यसर्थ, सिटी एक्सप्रेसको १०० कित्ता सेयर हुनेले इन्भेष्टमेन्ट बैंकको ३० कित्ता सेयर पाउने छन् । इन्भेष्टमेन्ट बैंकमा विलय हुने भएसँगै हाल सिटी एक्सप्रेस फाइनान्सको सेयर कारोबार रोक्का छ । यस फाइनान्सको गत पुस २८ गतेदेखि दोस्रो बजारमा सेयर कारोबार रोकिएको हो ।