२०७८ बैशाख ४ , शनिवार

युनाईटेड इदी मार्दीको आइपिओमा १२ गुणा बढी आवेदन

सुनाखरी न्युज/ काठमाडौं – युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावरले निश्कासन गरेको साधारण सेयर आइपिओ मा माग भन्दा १२.३९ गुणा बढीको आवेदन परेको छ ।

 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको अनुसार आइतबार साँझ ५ बजेसम्ममा ५ लाख ५७ हजार २८९ वटा आवेदनबाट १ अर्ब ६९ लाख रुपैयाँ बराबरको १ करोड ६६ हजार कित्ता आईपीओको माग परेको हो । यो नतिजा नै अन्तिम नतिजा भने होइन । अझै बढ्न सक्नेछ । कम्पनीले मंसिर ३ गतेदेखि ७ गतेसम्म कूल ८ लाख ७३ हजार ९१० कित्ता शेयर निष्काशन गरेकोमा ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ ।

 

आईपीओमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था छ । माग भन्दा धेरै गुणा बढी आवेदन परेकोले गोलाप्रथा बाट सेयर बाँडफाँड हुने भएको छ । क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस आइएस’ रेटिङ्ग प्राप्त गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।