२०७७ मंसिर १२ , शुक्रवार

१९ सय ४५ कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा संक्रमितको संख्या एक लाख नाघ्यो

Kathmandu

सुनाखरी न्युज/ काठमाडौँ —

नेपालमा  पछिल्लो २४ घन्टामा नेपालमा थप १९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा जम्मा १० हजार ३ सय ४० पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ४३ हजार ८ सय ९९ परीक्षणहरु गरिएका छन् ।

मन्त्रालयका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म २४ हजार ६ सय ६५ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ सय ५३ जना रहेका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ५३ सय ६४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ९१ हजार २ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार २२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ९८ पुगेको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । शुक्रबार २४ घण्टामा काठमाडौं उपत्यकामा ११ सय ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म १ लाख ८ सय ७२ जना संक्रमित भएका छन्

हालसम्म काठमाडौंमा ८१ हजार ५ सय ८८, भक्तपुरमा ७ हजार ३ सय ३६ र ललितपुरमा ११ हजार ९ सय ४८ जना संक्रमित देखिएका छन् ।

त्यसैगरी काठमाडौंमा ७१ हजार ५ सय ९१, भक्तपुरमा ६ हजार ४ सय ७० र ललितपुरमा ९ हजार ६ सय ३१ जना संक्रमित निको भएको मन्त्रालयको तथ्यांकमा छ । त्यसैगरी काठमाडौंमा ३ सय १६, भक्तपुरमा ८३ र ललितपुरमा ८९ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११ सय ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार संक्रमित पुष्टि हुनेमा ४ सय ८४ महिला र ६ सय २३ पुरुष रहेका छन् ।

काठमाडौंमा ८ सय ६२, भक्तपुरमा ७१ र ललितपुरमा १ सय ७४ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर आज संक्रमित पुष्टि हुनेमा १९ सय ४५ जना रहेका छन् ।

देशभर २४ घण्टामा १ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ।