२०७७ मंसिर १३ , शनिवार

‘परिस्थिति गम्भीर छ : महासचिव पौडेल

Bishnu

सुनाखरी न्युज/ काठमाडौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले पार्टीको परिस्थिति अत्यन्त गम्भीर रहेको बताउनु भएको छ । पार्टी मुख्यालयमा धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर निस्कने क्रममा उहाले परिस्थिति गम्भीर रहेको बताउनुभएको हो ।

 

महासचिव पौडेलले भन्नुभयो , ‘परिस्थिति गम्भीर छ, धेरै गम्भीर छ।’ महासचिव पौडेल र अध्यक्ष प्रचण्डबीच धुम्बाराहीमा करिब २५ मिनेट छलफल भएको थियो। पार्टीको विवादलाई लिएर दोस्रो तहका नेताहरु पनि छलफलमा छन्।