२०७७ मंसिर १२ , शुक्रवार

माउन्टेनको इनर्जीको आइपिओमा माग भन्दा ७.६१ गुणा बढी आवेदन

Capture

सुनाखरी न्युज/ काठमाडौ – माउन्टेन इनर्जीले निश्कासन गरेको साधारण सेयर (आइपिओ) मा माग भन्दा ७.६१ गुणा धेरैको आवेदन परेको छ । निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका अनुसार अन्तिम दिन बिहीबारसम्ममा १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता शेयर माग भएको हो ।आईपीओामा ६ लाख ७४ हजार जना आवेदकले आवेदन दिएका छन् ।जुन सर्वसाधारणबाट माग गरिएको १८ लाख ३० हजार २६५ कित्ताको ७.६१ गुणा धेरै हो ।

 

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार यस आईपीओमा १ लाख ८३ हजार २६ जना आवेदकले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् । जुन कूल आवेदक जनाको २८ प्रतिशत मात्र हो । बाँकी ७२ प्रतिशत आवेदकको हात खाली हुनेछ । माउन्टेन इनर्जीले कार्तिक २६ देखि मंसिर ३ गतेसम्म आइपिओ सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको गरेको थियो ।