२०७७ मंसिर १२ , शुक्रवार

माउण्टेन इनर्जी नेपालको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

nibl ace capital

सुनाखरी न्युजर/काठमाडौ – भर्खरै मात्र सर्वसारधारणहरुमा शेयर निष्काशनभई बांडफांड गर्न बांकी रहेको माउण्टेन इनर्जी नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरुको शेयर दाखिलखारेज लगायतको शेयरसंग सम्बन्धीत सवै कामगर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । विहिबार माउण्टेन इनर्जी र एनआईबिएल एस क्यापिटलविच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको हो ।

 

अव उक्त शेयरहरु बांडफांट भई सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकिकरण तथा नेपाल स्टक एक्सचेज लिमिटेडमा सूचिकरण पश्चात बांडफांटमा परेका शेयरधनीहरुको शेयर हितग्राहीखातामा जम्मा गर्ने लगायत शेयर रजिष्ट्रारको हैसियतले गर्नुपर्ने सम्पूण कामहरु एनआईबिएल एस क्यापिटल लिमिटेड बाट हुनेछ । उक्त सम्झौतामा माउण्टेन इनर्जीको तर्फबाट अख्तियार प्राप्त सञ्चालक डोलराज शर्मा र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् ।