२०७७ मंसिर १२ , शुक्रवार

प्रदेश १ का प्रमुख सोमनाथ अधिकारीद्वारा पोखराको पयटकिय गाउँ घामीको अवलोकन

Capture

सुनाखरी न्युज/ पोखरा – प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासिले पोखराको पयटकिय गाउँ घामीको अवलोकन गर्न भएको छ । तिहार मनाऊन आफ्नो जन्म स्थान बाटुलेचौर आउनुभएका अधिकारीले शुक्रबार बिहान घामी पुगेर त्यहाँका अवलोकन गर्न भएको स्थानिय व्यवसायी प्रेम नारायण खनालले जानकारी दिनुभयो । प्रमुख अधिकारीले घामी पोखरा कै सुन्दर ठाउँ रहेको बताउँदै यसको पयटकिय विकासमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

 

उहाँले यो गाउँ पोखरा वाट नजिक भएरपनि ओझेलमा परेको भन्दै यस क्षेत्रको विकास मा तीन तहको सरकार नै लाग्नु पर्ने बताए । उहाँले त्यस अवसरमा हिमसृङखलाको दृश्य अवलोकन गनुहुनुका साथै ओमकारेस्वर मन्दिर, राम्चे पोखरी, लगायत का को अवलोकन गर्न भएको थियो ।