२०७७ चैत्र ३० , सोमवार

कोरोना संक्रमणबाट हानका निवर्तमान अध्यक्ष शाक्यको मृत्यु

सुनाखरी न्युज/ काठमाडौ – कोरोना संक्रमणका कारण होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको मृत्यु भएको छ । ओम अस्पतालमा उपचारका क्रममा ७० वर्षीय शाक्यको शुक्रबार मृत्यु भएको हो । हानका सदस्य युवराज श्रेष्ठका अनुसार दसैँपछि कोरोना संक्रमण पुष्टि भएका शाक्य निमोनियाबाट पनि पीडित थिए ।

 

शाक्य सोल्टिमोडस्थित अमर होटेलका सञ्चालक हुन् । उनका एक छोरा डाक्टर छन् । छोराकै निगरानीमा उपचार गराइरहेका उनी केही दिनदेखि स्वास्थ बिग्रिए पछि ओम अस्पतालमा भर्ना भएका थिए ।