२०७७ मंसिर १२ , शुक्रवार

शाहरुखले शुरु गरे नयाँ फिल्मको शुटिंग 

shah-rukh-khan

सुनाखरी न्युज/ काठमाडौँ ।

बलिवुडका किङ खान शाहरुख खानले आफ्नो नयाँ फिल्म पठानको शुटिंग शुरु गरका छन् । शाहरुखले २०१८ को डिसेम्बरमा रिलिज भएको फिल्म जिरोपछि पहिलो फिल्मको शुटिंग शुरु गरेका हुन् ।

बक्स अफिसमा असफल भएको जिरोपछि शाहरुखले जिरोपछि कम्तिमा २० स्क्रिप्ट पढेको र अन्त्यमा यशराज फिल्म्सको पठानका लागि स्वीकृति दिएको बताइएको छ ।

फिल्मलाई २०१९ को अत्याधिक सफल फिल्म ुवारु फेम निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गर्न लागेका छन् । फिल्म एक्शन प्रधान रहेको अनुमान गरिएको छ ।

 

२०१८ को जुनदेखि फिल्मको शुटिंग नगरेका शाहरुखले शुटिंग गरेको यो फिल्मलाई यशराजले अझै औपचारिक रुपमा घोषणा गरेको छैन ।

फिल्ममा जोन अब्राहीम र दीपिका पादुकोनेपनि रहेको बलिवुड हंगामाले उल्लेख गरेको छ । फिल्म अर्को बर्षको दिपावलीमा रिलिज गर्ने सम्भावना रहेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार शाहरुखले आजदेखि मुम्बईको यशराज स्टुडियोमा फिल्मको शुटिंग शुरु गरेका छन् ।