२०७७ चैत्र ३० , सोमवार

शेयर बजारमा ऐतिहासिक रेकर्ड, एकैदिन ६ अर्ब बढीको कारोबार

सुनाखरी न्युज/ काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको अन्तिम दिन आज (बिहिबार) ऐतिहासिक रेकर्ड कायम गरेको छ । आज नेप्से ३६.३२ अंकले बढेर १ हजार ७ सय ७८ दशमलव १२ विन्दुमा पुगेको छ ।

 

नेप्सेमा नौ महिना पछि अहिलेसम्मकै उच्च कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । ६ अर्ब बढीको कारोबार  गरेको  छ । यो साताको अन्तिम दिन बिहिबार कारोबार अवधि आधि घण्टा बाँकी रहँदै ५ अर्ब बढीको कारोबार भएको छ । २ बजेर ३५ मिनेट जाँदा नेप्सेमा अहिलेसम्म कै उच्च ५ अर्ब २० करोड ३३ लाख बढीको कारोबार भइसकेको छ ।

 

गत फागुन १८ गते ४ अर्ब ८४ करोड ७४ लाख बराबरको कारोबार गरेर त्यसबेलाकै सबैभन्दा उच्च कारोबारको रेकर्ड बनाएको थियो । आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ ।