२०७७ मंसिर १२ , शुक्रवार

बढ्यो शिवपुरीमा दुध उत्पादन

Capture

प्रविण थपलिया/ नुवाकोट (शिवपुरी) – शिवपुरी गाउँपालिकाले कृषि उत्पादन र बजारिकरणमा अनुदान दिए सगैँ हाल शिवपुरी गाउँपालिका भरिमा दैनिक १३०० लिटर दुध सङ्कलन हुदैँ आईरहेको छ । गत वर्षको कार्यक्रममा शिवपुरी गाउँपालिकाले तिन वटा दुध सङ्कलन केन्द्र शिवपुरी डेरी फर्म, सतत्तरी जागरुक्क कृषि सहकारी सङ्कलन केन्द्र, थानपति र कुण्डला डेरी सप्लायर्स सङ्कलन केन्द्र, महाकाली लाई दुध सङ्कलन र भण्डारण मेशिन चिलिङ भ्याट खरिदमा ५० प्रतिशत अनुदान दिएसगैँ गाई र्भैसीको दुध बेच्ने ठाउँ भएपछि हाल गाई र्भैसी पालन गरी दुध बेच्ने कृषकको सङ्ख्या बढ्दै गईरहेको छ ।

 

गत वर्ष सम्म दुध कसरी विक्रि हुन्छ होला र भनेर सोच्दै गरेका कृषकहरु हाल गाउँपालिका भरका २५० घर परिवार कृषकले दैनिक ७ देखि १० लिटर दुध बेचेर आयआर्जन गदैँ छन् । हाल झन्डै ८५ जना कुषकबाट दैनिक ५९० लिटर दुध शिवपुरी डेरी फर्मले सङ्कलन गर्दै आईरहेको छ भने जागरुक्क सहकारी सङ्कलन केन्द्रमा दैनिक ५५ जना कृर्षकको ३४० लिटर दुध सङ्कलन हुन्छ र कुण्डला दुध डेरी सप्लार्यसले दैनिक ४२ जना कृषकबाट २२० लिटर दुध सङ्कलन भईरहेको छ साथै दैनिक ५० लिटर भन्दा धेरै दुध उत्पादन गर्ने ४ वटा ब्यवसायिक फर्म आधुनिक कृषि फर्मले दैनिक १०० लिटर र कुण्डला देवी कृषि फर्मले दैनिक ६० लिटर र थानपति व्यवसायिक कृषि उद्योगले दैनिक ६० लिटर दुध उत्पादन गदैँ आईरहेको भने दुध ढुवानीमा गाउँपालिका र सहकारी र जोनको साझदारीमा किनिएको गाडी प्रयोग भईरहेको छ ।


उठ्दै गरेको पशुपालन व्यवसाय यस वर्ष पनि थप ३ वटा ठाउँमा दुध सङ्कलन केन्द्रका लागि चिलिङ भ्याट मेसिन खरिदमा अनुदान र उत्पादनका आधारमा दुध बेच्ने कृषकलाई प्रति लिटर दुधमा अनुदान र उन्नत जातको भैँसि खरिद गरि लेराउने कृषकलाई ढुवानीमा अनुदान र कृषकको पशुधन सुरक्षणको लागि पशु विमा प्रिमियम शुल्कमा अनुदान र सहज पशु स्वास्थ्य प्राविधिक उपलब्धता जस्ता कार्यक्रम शिवपुरी गाउँपालिका सगँ रहेको शिवपुरी पशु प्राविधिक विज्ञान पाण्डे ले वताउनु भयो । यसबाट कार्यक्रमले साना कृषक देखि व्यसायिक फर्म समेटि गत वर्षबाट सुरु भएको दुध सङ्कलन कार्य यस वर्ष उल्खिनिय बुद्धि हुने आशा लिएको छ ।