२०७८ बैशाख ४ , शनिवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सुनाखरी न्युज/ काठमाडौँ – २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-१४ नैकाप डेरा गरी बस्ने दोलखा भिमेश्वर नगरपालिका-१३ भएका ३८ वर्षीय बीर बहादुर मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।