२०७७ मंसिर १२ , शुक्रवार

कांग्रेस महाधिवेशन तिर,सरकार भागबन्डामा ब्यस्त

Kiran Giri

किरण गिरी – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको गुण वा दोषका आधारमा बिरोध र समर्थनको नीति अबलम्बन गर्ने संसदिय मान्यता अनुरुप नै रचनात्मक सहयोग र सकारात्मक भुमिकाका बाबजुद पनि नेपाल कम्युनिस्ट पार्टीको बर्तमान सरकारको ३३ महिने कार्यकाल आम रुपमा निरासा जनक र संकट पुर्ण नै रह्यो । पार्टी भित्रका विपक्षीलाई तर लगाउनमा नै नेकपा ओली सरकारको समय ब्यतित रह्यो । नेकपाका अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष प्रधानमन्त्री ओलीलाइ लगाएको १२ बुधे आरोप हेर्दा यो सरकार भागबन्डा, भ्रष्टाचार, अनियमितता, कुसाशनमा नै सक्रिय रहेको देखियो। यो आरोप सार्बजनिक भैसकेको ले अब यसको हिसाब किताब नेपाली जनताले माग्ने छन नै ।

 

कोरोना भाइरस कोभिड १९ को संकट चपेटामा बिगत  ८ महिना देखी बिश्व लगायत हाम्रो मुलुक समेत अक्रान्त पारेको छ । जसको कारण नेपालको अर्थतन्त्र धारासायी हुँदै गइरहेको छ । आम नेपालीको जन जीवन संकटको द्वारमा उभिन पुगेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गत कार्तिक (२८ गते आफ्नो केन्द्रीय कार्यसमितिको बैठक सप्पन्न गरि पार्टी संगठन लाई प्रभावकारीरुपमा अगाडि बढाउदै क्रियाशिल सदस्यता बितरण कार्यक्रम लाई देशभरी नै अभियान को रुपमा संचालन गर्ने भएको छ । कांग्रेस १४ औ महाधिवेशनको तयारीमा अब युद्ध स्तरमा जुट्ने तयारी गर्दै छ ।

 

क्रियाशिल सदस्यता बितरण कार्यक्रम :
नेपाली कांग्रेसको चौधौं महाधिवेशनको प्रयोजनका लागि जिल्लाहरुमा वितरण भइरहेको नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरण सम्बन्धमा, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाले नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरण तथा एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको नविकरणको सूची तयार गरी, प्रकाशन गरी अनिवार्य रुपमा केन्द्रमा पठाइसक्नु पर्ने अवधि २०७७ मंसिर मसान्तसम्म तोकेको छ । ७७ रै जिल्लामा नेपाली कांग्रेस अब नयाँ जोश र जांगरका साथ अगाडि बढ्ने भएको छ । संगठन निर्माण को अभियान लाई तिब्रता दिदै नेपाली कांग्रेस १४ औ महाधिवेशन को तयारीमा जुट्ने छ ।

 

गत बैशाख ८ गते दल बिभाजन र नेपाली कांग्रेस को भुमिका नै सिध्याउने गरि संबैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेपछि बिबाद र अन्यौलमा रोमलिएको नेकपाको सरकार र प्रधानमन्त्री के.पी.ओली आजको दिन मंसिर ३ गते सम्म आइपुग्दा दिन प्रतिदिन बिबाद र संकटको भुमरीमा हराइरहेको छ । प्रधानमन्त्री आफ्नो कुर्सी जोगाउन र नेकपाको अर्को पक्ष प्रधानमन्त्रीलाई बालुवाटार बाट हटाउन संपुर्ण समय र शक्ति खर्च गरिरहेको अबस्थामा यो सरकार बाट नेपाली जनताले के अपेक्षा गर्न सक्छन् रु आपसी द्वन्द ,विवाद र अन्यौलता रुमलिएको बर्तमान सरकार र नेकपाले अहिले मुलुक र जनता को समस्या र पीडामा बुझ्न सक्ने क्षमता गुमाइसके देखिन्छ । आफ्नै बचाउ र अस्तित्वका लागी द्वन्दमा रुमलिएको नेकपा र सरकार को कारण नेपाल गंभीर दुर्घटनामा पर्न सक्ने आसंका गरिदै छ । बामदेब गौतमको रास्ट्रीय सभामा मनोनयन र सर्बोच्च अदालत संबैधानिक इजलासमा बिचाराधिन मुद्दाको अन्तरिम आदेश लाई अदालत ले निरंतरता नदिएको कारण नेपालको सत्तारुढ दल भित्रको राजनीति नयाँ ढंगले तरंगित भएको छ ।बिगत ३ दिन देखी नेपाली सडकमा फेरि चीनिया राजदुत को आबागमन व्हात्तै बढेको छ । प्रधानमन्त्री र रास्ट्रपति बिछ भएका बारंबार का भेटघाटले रास्ट्रपतिको भुमिका र हैसियत बिबादास्पद बन्न पुगेको छ । सरकार लोकप्रियता गुमाउँदै गइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफुलाइ चुस्त , दुरुस्त र शसक्तरुपमा अगाडि बढाउनु जरुरी देखिन्छ ।

 

सरकार भ्रष्टाचार र आर्थिक अनियमिततामा भने तिब्र गतिमा अगाडि बढीरहेको देखिन्छ । भ्रष्टाचारमा यो सरकारले नयाँ कीर्तिमान नै कायम गरेको चर्चा चलिरहेको छ । यति होल्डिङ र ओमनी कंपनी यसका पुष्टिका आधार हुन भनि सार्बजनिक संचार माध्यम नै आइरहेका छ्न । सरकार र प्रधानमन्त्री भने यश प्रती गंभीर र जिम्मेवार देखिएको पाइएन । झन बिगत ६ महिना देखी बालुवाटार र खुमलटार बिचको द्वन्द र कोटेश्वरमा पाकिरहेको खिचडीका कारण सिङ्गो मुलुक गन्तव्य हिन हुन पुगिरहेको छ । प्रधानमन्त्री र नेकपा विच उत्पन्न विवाद तथा द्वन्द ले मुलुकको बिकास र समृद्धिमा धेरै ठूलो क्षति पुग्दै छ । कम्युनिस्ट पार्टी लाई झण्डै दुई तिहाइ मत दिने जनतामा अहिले खिन्नता र पश्चाताप पैदा भैरहेको छ। जनता महंगीको मारमा परिरहेका छ्न । दशै र तिहार र छट मुखमा चरम मुल्य वृद्धि र कोरोना संक्रमणको दोहोरो मारमा नेपाली जनता पिल्सिएका छ्न ।

 

कुर्सी बचाउदै मुलुकको ध्यान अन्यत्रै मोड्न खप्पिस प्रधानमन्त्री ओली कहिने सिमा , कहिले नक्शा त कहिले राम अयोध्याका कुरा गरेर जति अल्मल्याउने कोसिस गरेता पनि प्रचण्ड र माधव नेपाल ले आत्मासमर्पण नगर्ने हो भने अब प्रधानमन्त्री समक्ष राजीनामा वा पार्टी बिभाजन दुई विकल्प मात्रै बाकी देखिएको थियो तर अस्थायी सहमति गरेर तत्कालको संकट टारेपनी अमेरिका र बेलायतको राजदुत नियुक्ति प्रकरणले सरकार र नेकपा बिच फेरि द्वन्द्वात्मक अबस्था शृजना हुन सक्ने अबस्था देखिन्छ। अब बिभाजन भए पनि एक रहे पनि नेकपा देश र जनताको बिश्वास आर्जन गर्ने दलको रुपमा कायम रहने छैन । हुन त यो प्रधानमन्त्री र नेकपा भित्रको नित्तान्त आन्तरिक मामिला हो ता पनि स्वस्थ्य अबस्था र प्रतिकुल राजनीतिक परिस्थिति लाई निकास दिनका लागि पनि प्रधानमन्त्रीले राजिनामा दिनु नै उपयुक्त देखिन्थ्यो । मुलुक लाई लामो समय सम्म दिशाहिन र गन्तव्य हिन राखिरहनु सिगै राजनीतिक प्रणालीका लागि समेत शोभनीय थिएन । यो सत्तारुढदलको मामिला हो ता पनि मुलुक र नेपाली जनतालाइ निरन्तर अन्यौल र निरासामा रख्नु सरकारको अधिकार होइन ।

 

समग्रमा भन्नुपर्दा नेकपाको बर्तमान सरकारले लोकप्रियता र बिश्वासनियता दुबै गुमाउँदै छ । सरकारको यहि रबैया कायम रहने हो र जनतामा निराशा मात्र छाउने होइन । २०७९ सालमा हुने तिनै तह स्थानीय , प्रदेश सभा र संघीय संसदका निर्बाचन ओली सरकार बाट नै हुने हो भने ती निर्बाचनहरु स्वच्छ , निष्पक्ष र धादली रहित हुन्छ भनेर कसरी बिश्वास गर्न सकिने अबस्था अब रहेन । यस यथार्थता लाई हृदयंगम गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लागायत संबिधान र परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर लोकतान्त्रिक दलहरूले बेलैमा सोच्न नयाँ शिराबाट आ आफ्ना संगठनहरुलाइ अगाडि बढाउन अब ढिलो भैसकेको छ । संबिधान सम्मत संसदीय मुल्य र मान्यता अनुरुप बर्तमान सरकारका बिकृती र बिसंगती विरुद्ध गोलबध्द भै जनतामा छाएका निरासाहरुको अन्त्य गर्नु नेपाली कांग्रेसको आजको पहिलो र अपरिहार्य दाइत्व हो ।

 

शान्ति देखि स्वाभिमान सम्म नेपाली कांग्रेस , संबिधान देखी निर्बाचन सम्म नेपाली कांग्रेस । यो गौरबपुर्ण उपलब्धि एबं इतिहासलाई बोकेर जनतालाई बिश्वासमा लिनु पनि नेपाली कांग्रेसका हामी सबै नेता कार्यकर्ताको दाइत्व हो र यतिबेला हामिबिच ऐतिहासिक , समझदारीपुर्ण र प्रभावकारी संगठन निर्माण अभियानको थालनी हुनु अत्यावश्यक छ । मंसिर महिना भर क्रियाशिल सदस्यता नवीकरण र बितरण अभियान लाई नेपाली कांग्रेसले संगठन बिस्तार तथ सुदृढीकरणलाई आन्दोलनकै रुपमा संचालन गर्ने छ । यो दौरानमा नेपाली कांग्रेसका सबै नेता कार्यकर्ताले नेकपा ओली सरकारको अनियमितता , भ्रष्टाचार र कुसाशनको भण्डाफोर गर्दै नेपाली जनतामा छाएको निराशा लाई संबोधन अत्यावश्यक देखिन्छ ।

लेखक – केन्द्रीय सदस्य , नेपाली कांग्रेस ।