२०७७ मंसिर १३ , शनिवार

‘कोरोना भ्याक्सिन’माथि साइबर हमला ?

HACKER

सुनाखरी न्युज/ काठमाडौं ।

कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणमा जुटिरहेका कम्पनीहरुका डाटा चोरी गर्नका लागि रुसी र उत्तर कोरियाली ह्याकरहरुले प्रयास गरिरहेको माइक्रोसफ्टले जनाएको छ । भ्याक्सिन सम्बन्धी डाटाहरु चोरी गर्नका लागि रुस तथा उत्तर कोरियाका राज्य प्रायोजित ह्याकरहरुले प्रयास गरिरहेको तथ्य पत्ता लागेको माइक्रोसफ्टको भनाई छ ।

‘महामारी विरुद्ध लडिरहेका स्वास्थ्य सम्बद्ध संस्थाहरुलाई अबरुद्ध पार्नका लागि साइबर आक्रमणको प्रयोग गरिँदैछ,’ एक ब्लग पोष्टमार्फत् माइक्रोसफ्टले भनेको छ ‘हामीले पछिल्लोपटक फेला परेको यस्तै खाले आक्रमणको जानकारी सार्वजनिक गरेका छौँ । र, यस्तो साइबर आक्रमण विरुद्धमा तत्काल कदम चाल्न सरकारहरुसँग आग्रह गर्दछौँ ।’

यद्यपि कोरोना भ्याक्सिन विरुद्ध भएका हालसम्मका त्यस्ता साइबर आक्रमणमध्ये अधिकांस असफल भएको बताइएको छ । तर सफल भएका ह्याकरहरुले के कस्ता डाटा चोरी गर्न सफल भए रु भन्ने बारेमा चाहीँ खुलाइएको छैन ।

एजेन्सी