२०७८ बैशाख ३ , शुक्रवार

स्वारेजलाई कोरोना संक्रमण

एपी/ मोन्टेभिडियो — लुइस स्वारेज र गोलरकक्षक रोड्रिगो मुनोजलाई कोरोना संक्रमण भएको उरुग्वे फुटबल संघले सोमबार जनाएको छ । राष्ट्रिय टोलीका स्टाफ माटिएस फराललाई पनि संक्रमण भएकाले उनीहरू सबैले दक्षिण अमेरिकी विश्वकप छनोटमा नेपाली समय अनुसार बुधबार बिहान ब्राजिलविरुद्ध हुने खेल गुमाउने छन् ।

‘यी तीनैको स्वास्थ अवस्था ठिक रहेको छ र उनीहरूलाई चाहिने बन्दोबस्त गरिएको छ,’ उरुग्वे फुटबल संघले समाजिक संजालमा भनेको छ । स्वारेज र मुनोज बाहेक गोलरक्षक मार्टिन सिल्भा, रक्षक सेवास्टिएन कोट्जे, माटिएस भिना, मिडफिल्डर फेड्रिको भाल्भेर्डे र स्ट्राइकर म्याक्सी गोमेजलाई पनि उरुग्वेले ब्राजिलसँगको खेलमा गुमाउने छ । भिना पनि कोभिड १९ को संक्रमणमा रहेका छन् ।

यता पछिल्लो पटक सोमबार प्रिमियर लिगका खेलाडी र क्लब स्टाफमा गरिएको परीक्षणमा १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको इंग्ल्यान्डको शीर्ष डिभिजनले जनाएको छ । कोरोना महामारीका कारण स्थगित फुटबल जुनमा पुन सुरु भएयता गरिएको एक साताको परिक्षणमा यो संख्या सबैभन्दा बढी हो ।