२०७८ बैशाख ४ , शनिवार

पार्टी एकता अप्ठ्यारोमा छ, पुष्टि गर्न नसकिने आरोप प्रत्यारोप नगरौं : प्रदीप ज्ञवाली

सुनाखरी न्युज/ काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टी विवाद बारे नीतिगत वहस गर्न र पुष्टि गर्न नसकिने आरोप प्रत्यारोप नगर्न आग्रह गरेका छन् । अहिलेको नेकपाको विवाद बार सामाजिक संजालमा टिप्पणी गर्दै मन्त्री ज्ञवालीले अहिले पार्टी एकता अप्ठ्यारोमा रहेको र एकताको रक्षा प्रयास पनि जारी रहेको बताएका छन् ।

 

मन्त्री ज्ञवालीले सामाजिक संजालमा भनेका छन् :

पार्टी एकता अप्ठ्यारोमा छ । तर एकताको रक्षा प्रयाश पनि जारी छ । आशा छ, संकटका बादलहरू हटेर जानेछन् । कमरेडहरूलाई आग्रह छ, नीतिगत वहस गरौँ, पुष्टि गर्न नसकिने आरोप प्रत्यारोप नगरौँ । एउटै डुंगामा छौं र भोलि कुनै घुम्तीमा अवश्य जम्काभेट हुनेछ । आहानै छ, खाना खाँदा पानी खाने ठाउँ बाँकी राख्नु पर्छ ।