२०७७ चैत्र ३१ , मंगलबार

ट्रम्पले सहकार्य नगर्दा थुप्रै सङ्क्रमितको ज्यान जान सक्ने बाइडनको चेतावनी

सुनाखरी न्युज/ काठमाडौं-
आउने राष्ट्रपतीय प्रशासनलाई डोनल्ड ट्रम्पद्वारा अवरुद्ध बनाइ राखिए थप मानिसहरूको ज्यान जान सक्नेू जो बाइडनले चेतावनी दिएका छन् । डेलावेयरमा बोल्दै राष्ट्रपति चुनाव जितेका बाइडनले कोरोनाभाइरसको प्रकोप रोक्नका लागि समन्वयको आवश्यकता थियो भनेका छन्।

पूर्व प्रथम महिला मिसेल ओबामाले पनि ट्विटरमा लेखेकी छन्, ‘यो कुनै खेल होइन।’ राष्ट्रपति ट्रम्पलाई उनले अस्वीकार गर्दै आएको हारलाई स्वीकार्न पुन: आह्वान गरे।