२०७८ बैशाख ४ , शनिवार

अब घर मै बसि क्लियर टिभीको मुभी अन डिमाण्डबाट बिभिन्न फिल्म हेर्न सकिने

सुनाखरी न्युज/ काठमाडौँ – नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रा.लि ले क्लियर टिभी मार्फत ग्राहक वर्गहरुका निम्ति लक्ष्मी फिल्मको प्रिमियर सो १६ नोबेम्बरमा गर्दैछ ।

 

क्लियर टिभीले च्यानल नं १११(एच डि) र ११२ (एस डि) मा मुभी अन डिमाण्डको औपचारिक सुरुवात लक्ष्मी फिल्मको प्रिमियर सो बाट गर्दैछ । यस च्यानल मार्फत ग्राहकहरुले सो फिल्म आफ्नै घरमा बसि हेर्न सक्नुहुनेछ भने भबिष्यमा थुप्रै फिल्महरु हेर्न सकिने छ । ग्राहकवर्गहरुले फिल्म हेर्नका लागि आफनो नजिकको क्लियर टिभी सेवा प्रदायकमा सम्पर्क गर्न सक्नु हुनेछ वा www.cleartv.com.np/mod बाट फिल्म सम्बन्धी एवम्ं सेवा सम्बन्धी थप जानकारी लिन सक्नुहुनेछ । विद्यमान परिस्थितिमा बाहिर गई फिल्म हेर्ने अवस्था नभएको र मनोरञ्जन लाई प्राथमिक्ता दिदै कम्पनीले यो सेवा सुचारु गरेको छ ।

सुबिसुका बारेमा :
सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस (MPLS VPNs), व्यानएथर्नेट (WAN Ethernet) होलसेल आइ.पि ट्रान्जिट(Wholesale IP Transit) एम.भि.पि (MVP)डाटा सेन्टर सोलुसन (Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

 

Clear TV बारेमा :

Clear TV सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो Digital Cable Television सेवा हो जसले MPEG4 Standard Definition र High Definition channels केबल मार्फत, Conditional Access System(CAS) को प्रयोग गरि Set Top Box को माध्यमबाट प्रसारण गर्दछ ।