२०७७ मंसिर २१ , आइतवार

सुन बजारमा धनत्रयोदशी उत्साह

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

तिहारको यमपञ्चक सुरु भएसंगै शुक्रबार काठमाडौंका  सुन चाँदी पसलहरुमा ग्राहकको भिड देखियो । कोरोना महामारी र बढ्दो मूल्यका कारण थलिएको सुनचादी बजारमा तिहार र धनत्रयोदशीले उत्साह थपिदिएको व्यवसायीहरु बताउँछन् ।   महामारी र महँगीका कारण उपभोक्ताले संस्कृति धान्न मात्रै थोरै रकमका सुन चाँदीका गहना किनेको व्यवसायीहरु बताउँछन् ।

भारतमा धनत्रयोदशीका दिन सुन लगायतका धातु जोडे धनकी देवी लक्ष्मी खुशी हुने विश्वास गरिन्छ । यो विश्वास नेपालमा पनि भित्तिएको छ ।

सुन चादी व्यावसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्य तिहार नजिकिएसंगै बजारमा चहल पहल बढेको बताउँछन् । महामारीका कारण पनि अग्रीम गहना अर्डर गर्न नपाएका कारण यस पटक चादीका तयार गहना र थाल, सिक्का, करुवा लगायत धेरै बिक्रि भइरहेको उनले बताए ।

महासंघका महासचिव धर्म सुन्दर बाज्राचार्य कोरोना र आकासिएको मुल्यले ६ महिना थला पारेको बजारमा धनत्रयोदशीले उत्साह ल्याएको बताए ।

गत वर्ष धनत्रयोदशी कात्तिक ८ गते परेको थियो । उक्त दिन छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला ७० हजार ७०० थियो । योवर्ष धनत्रयोदशीकै दिन छापावाल सुनको भाउ ९५ हजार २०० रुपैयाँ छ । चाँदीको प्रतितोला मूल्य पनि गत वर्षको भन्दा ३६० रुपैयाँ बढी छ ।