२०७८ बैशाख ३ , शुक्रवार

पुस्तकको तिरोधान (भाग २)

दिनेश पाण्डेय-

विद्यालयका शिक्षक र कर्मचारीको कूटपरिचय

निहुरीमा धरी कान खामोमा लकुटी पनि ।

बुढाका साथमा लौरा तीन राखी पढे अनि ।।१।।

डाडुका सँगमा गेडो मास आधा छरीकन

गाई बाँधी उसैसाथ झुन्डी बस्तैछ यो जन ।।२।।

नत्थी पाटी दुबै कान तानेर यी विराज छन्।

टोलीका अग्रणी हाम्रा नारायणै समान छन् ।।३।।

जङ्गी नाम धरी बस्छौ थापाको उच्च सानमा।

मेरा पुस्तक खै होलान् खुसुक्क भन कानमा ।।४।।

भकारीछेउ खाँबामा कोदाली आड लाउनू ।

पाटी आधा गराएर खाँबो टेको दिलाउनू ।।५।।

दाँतको कान तानेर दैला अगाडि राखिद्यौ ।

कोदाली साथमा फेरि वामचुल्ठो लगाइद्यौ ।।६।।

निमोठेर चरीचुच्चो पछाडि कान तान न ।

खामेमा दाहिने चुल्ठो लर्काई ग्रन्थ खै भन ।।७।।

दैलामा वाम चुल्ठोले सिँगारी निहुरी अनि ।

मुन्टोमा लख खामेको घुमाई शिर फन्फनी ।।८।।

लौरो राखी उहीसाथ पाटीमा पनि कान द्यौ ।

मासेर एउटा धर्को तीनधर्का थमाइद्यौ ।।९।।

डाङ्गडुङ्ग गरी एक लख राखी बुढो छ जो ।

अन्त्यमा स्थापना गर्दै विराजमान हुन्छ यो ।।१०।।

जसको जिन्दगी यौटा सारङ्गी झैँ भयो अनि।

रेट्नेले नित रेट्तैछन् मिठै बोल्दैछ तैपनि ।।११।।

दराज द्वारमा ताल्चा आफै लगाउँदा पनि ।

स्वयं विलाप गर्दैछ ग्रन्थ डेरा सरे भनी ।।१२।।

 

गाईमा दाहिने चुल्ठो कोदालीपात कानमा ।

दाँतमा वाम चुल्ठोले टीका थापी निधारमा ।।१३।।

खरायो साथमा बोक्छिन् कान छन् डाङ्गडुङ्गमा ।

मेरा पुस्तक खै होलान् खुसुक्क भन कानमा ।।१४।।

 

ऋण बोकी उमा बस्छिन् लौरो टेकेर साथमा ।

ढल्काई वामतस् चुल्ठो राम्रीको अर्धगाथमा ।।१५।।

बाटुलीका सँगै बस्छिन् राखी कपुर कानमा ।

पाटीमा कान राखेर डेढ धर्का अझै थमा ।।१६।।

लखका साथमा डाङ्डुङ् गर्दैछिन् कलिकी उमा ।

मेरा सद्ग्रन्थ खै होलान् खुसुक्क भन कानमा ।।१७।।

 

लख राखी कमा एक दैलीमा लहुरो थमा ।

खाँबाको नजिकै गाई बस्तैछिन् डाडु साथमा ।।१८।।

मर्काई डाडुको जुत्ता फर्काई वाम सुस्तरी ।

लखका साथमा खम्बा भाँची हात कठैबरी ।।१९।।

उपनेता यिनै हाम्रा जहिल्यै व्यस्त काममा ।

मेरा पुस्तक खै होलान् सुटुक्क भन कानमा ।।२०।।

 

लखमा कपुरी राखी लौरो टेक्छन् यिनी दमा ।

खाँबाका नजिकै मुन्टी निहुरी लखमा थमा ।।२१।।

पाटी छ एक डन्ठामा हात भाँचेर बस्तछन् ।

बिहानी सत्रका खम्बा फर्मुला जप्न व्यस्त छन् ।।२२।।

बास्मती भात खाएर आफैमा मग्नमस्त छन् ।

किताप चोरिए भन्दा ओठ टोकेर बस्तछन् ।।२३।।

 

खम्बाको ढाडमा चुल्ठी पाटीका कान छन् बडा ।

जुत्तामा कपुरी आहा क्या राम्रो लहुरो खडा ।।२४।।

खामामा दाहिने चुल्ठो उसैको शिर फन्फनी ।

घुमाई साथमा दण्ड राम्री छिन् कानकी धनी ।।२५।।

तुम्बीको शिरमा ताज सजाई मस्त छिन् यिनी

महेश्वरप्रिया गौरी झैँ साक्षात् रूपमालिनी ।।२६।।

ताला लगाइराखेका किताब चोरिए भनी ।

राखेँ प्रश्न उसै वेला खै के हो भन्दथिन् उनी ।।२७।।

 

दाँतमा निहुरी आधा काटेर बस्तछन् उनी ।

कोदाली पातका साथ लखकानो लिँदै अनि ।।२८।।

मूर्धन्य यी बडा विद्वान् भकारी बोक्तछन् उनी ।

खुँडे छ ओठ काटेको पूरा छ टपरी पनि ।।२९।।

अरे विज्ञानका वेत्ता‌ १ सत्यता जसको गुण ।

ताला लगाइराखेका किताब के भए भन ।।३०।।

 

कपुरी साथमा राम्रा लौरो टेकेर मस्त छन् ।

हात भाँचेर चुल्ठोमा दैलो ढुकेर बस्तछन् ।।३१।।

अल्लाहु१ निहुरी मुन्टी गर्दैछन् यी सदा यहाँ ।

उठेदेखि सुतेसम्मन् सेवामा खट्तछन् अहा ।।३२।।

देब्रे चुल्ठोसँगै राम्रो बुढाको लहुरो खडा ।

उसैमा चन्द्रटीकीका साथ शोभा अझै कडा ।।३३।।

चिनौँ साथी यिनी को हुन् चल्तापुर्जा कुरा मिठा ।

सामाजिक विशेषज्ञ गोर्खाली मित्र यी ठिटा।।३४।।

वारंवार भनेँ होला अझै सोध्छु तिमीकन ।

ताला लगाइराखेका ग्रन्थ ती के भए भन ।।३५।।

 

पाटीमा दाहिने जुत्ता जलतुम्बी उठेसरि ।

खाँबे गएर लौराका तीनमाथि टुपीसरि ।।३६।।

भकारी साथमा आधा ओेठ टोकेर मस्त छन् ।

अन्त्यमा टपरी सिङ्गै बोकेर ढुक्क बस्तछन् ।।३७।।

बलिन्द्र आँसु झारेर सोधेँ थाहा छ वा भनी ।

छोटा मान्छे बडा फुर्ती भन्दै शान्त बसे यिनी ।।३८।।

खामामा कान टाँसेर डाडुमा पाउपोस छ ।

बिचमा उ र लौराको ऋण बोकी विराज छ ।।३९।।

लौरी छ काँधमा चुल्ठी बायाँ कपुर कानमा ।

खामामै दाहिने चुल्ठो लर्काई बस्छ सानमा ।।४०।।

तिमी सुसाङ्ख्यका ज्ञाता अधिवक्ता अझै तिमी ।

अनुसन्धानमा जाऊ लौ न हे मित्र तैपनि ।।४१।।

डाडुमा वाम चुल्ठो छ कोदालीपातमा लख ।

निहुरी अनि तालव्य आधा खामे पुनस् लख ।।४२।।

अर्धमूर्धन्यका साथ थुनेर ओठ बस्तछ ।

अनुशासनको कुर्सी सम्हाली मग्नमस्त छ ।।४३।।

वारंवार भनेकै हुँ पत्ता लगाइद्यौ भनी ।

जिब्रो टोकी भने “हैट् यो बोल्नै हुन्न कतै पनि” ।।४४।।

 

ओठदाँत मिलेका ती दुई सँगै विराज छन् ।

चुल्ठी र लखका साथै कपुरी छेउ बस्तछन् ।।४५।।

बिचमा उ र लौरोको ऋण थापेर साथमा ।

वामचुल्ठे काँधलौरी राखी कपुर कानमा ।।४६।।

खाँबेमा दाहिने चुल्ठो लर्केर नित्य मस्त छ ।

तिम्रा विवेकमा मेरा कहाँ छन् भन पुस्तक ।।४७।

 

जुत्ता लाएर दन्तैमा भकारी पूर्ण राख्तछ्यौ ।

दैलाका अर्धमा खामे कान तानी विराज छ्यौ।।४८।।

भाँचेका हातमा लौरो वाम चुल्ठो सजाउँछ्यौ ।

राम्री छिन् कान छातामा निहुरी लख लाउँछ्यौ ।।४९।।

वाणी र मनकी‌ सोझी के बस्छ्यौ चुपचापमा ।

मेरा पुस्तक खै होलान् खुसुक्क भन कानमा ।।५०।।

क्रमशस् अर्को शनिवार