२०७८ बैशाख ३ , शुक्रवार

मैत्रीपूर्ण खेलमा बंगलादेशसँग नेपाल पराजित

सुनाखरी न्युज/ काठमाडौँ – मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। शुक्रबार ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग २–० गोल अन्तरले पराजित भएको हो। खेलको पहिलो हाफको १० औँ मिनेटमा मोहमद नवीदले गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाएका थिए।

 

पहिलो हाफमा एक सून्यको अग्रता लिएको घरेलु टोली बंगलादेशले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो। खेलको ८० औं मिनेटमा महबुर रहमानले गोल गरेपछि बंगलादेश नेपालमाथि २–० को जित निकाल्न सफल भयो। ब‌गलादेशविरूद्धको खेलमा नेपालका विकास खवास, एरिक विष्ट र दर्शन गुरुङले राष्ट्रिय टिममा डेब्यू गरेका थिए। नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल मंसिर २ गते हुनेछ।