२०७७ चैत्र ३० , सोमवार

नेपाली वायुसेवालाइ युरोपेली युनियनबाट लगाएको कालोसुची हटाउन पहल गर्ने

सुनाखरी न्युज/ काठमाडौँ – वेल्जीयमका लागि नवनियुक्त राजदूत गेहेन्द्र राजभण्डारीसंग नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ तथा चेम्वरका पदाधिकारी वीचको छलफलमा राजदूत राजभण्डारीले नेपाल र वेल्जीयम बीच पर्यटन, लगानी तथा व्यापारको क्षेत्रमा योगदान महत्वपूर्ण हुन सक्ने बताउनु भयो ।

 

आफ्नो कार्यकालमा द्धिपक्षीय व्यापार सहजीकरण, नेपालको निकासी अभिवृद्धि तथा पर्यटन प्रवद्र्धन गर्ने तर्फ पहल गर्ने बताउनु भयो । साथसाथै नेपाली बायुसेवालाइ युरोपेली आयोगबाट नेपाली वायुसेवालाइ लगाइआएको कालो सूचीवाट हटाउन प्राथमिकता दिने बताउनु भयो । नेपाल तथा वेल्जीयम वीच निजी क्षेत्रहरु वीच समन्वय कायम गरी आर्थिक सम्वन्धलाइ सबल एवम सुदृढ बनाउने तर्फ प्रयाश गरिने बताउनु भयो । यस्का लागि नेपाली उत्पादकहरुको उत्पादनको दायरा फराकिलो हुनुका साथै निकासी हुने बस्तुको गुणस्तर तथा प्याकेजीéमा सुधार गर्नु पर्नेमा जोड दिनु भयो । सो अबसरमा नेपाल चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले नव नियुतm राजदूत राजभण्डारीको कार्यकालको सफलताको कामना गर्नु भयो । चेम्बरको ७० वर्षको अवधिमा चेम्वरको गतिबिधि बारे प्रकाश पार्नु हुंदै चेम्वरले निजी क्षेत्रको बिकासको लागि गरि रहेको बताउनु भयो ।

 

सो अवसरमा अध्यक्ष श्रेष्ठले नेपाल अल्प बिकसित मुलुक भएकोले बिकशित मुलुकहरुबाट जिएसपी सुबिधा प्राप्त गरि राखेको र एशियाका दुइ बिशाल छिमेकी भारत र चीन वीच अवस्थित भइ दुवै मुलुकबाट नेपालको उत्पादनमा कर महशुलमा छुट प्रदान गरेकोले नेपालमा लगानीको लागि उपयुक्त रहेकोले लगानीको लागि पहल गरी दिन आग्रह गर्नु भयो । यसका साथै निजी क्षेत्र वीचको सम्वन्धलाइ सुदृढ गर्न तहांको चेम्वरहरुसंग नेपाल चेम्वर समझदारी पत्रमा हस्ताक्षर गर्न तत्पर रहेको तथा नेपाली व्यवसायीहरुलाइ भिसा सहजीकरणका लागि पहल गर्न अनुरोध गर्नु भयो । नेपालमा उच्चकोटीका खानीहरु रहको र वेल्जीयम पत्थर कटीङ तथा फिनिसिङ गर्ने उच्च प्रबिधि भएकोले यस तर्फ प्रबिधि हस्तान्तरणको लागि पहल गर्न र चेम्वरको संजाललाइ उपयोग गरी मेला, तथा द्धि पक्षीय व्यवसायी प्रतिनिधि मण्डल आदान प्रदान गरी व्यापार प्रवद्र्धनको लागि पनि पहल गर्न आग्रह गर्नु भयो ।

 

यसका साथै दुइ मुलुक वीच बि टु वी सम्वन्ध बिस्तारको लागि नेपाल चेम्वर अफ कमर्स सहकार्य गर्न तत्पर रहेको बताउनु भयो । सो अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल तथा उपाध्यक्ष द्धय कमलेश कुमार अग्रवाल तथा दीपक कुमार मलहोत्रा समेत उपस्थिति रहेको थियो ।