२०७८ बैशाख ४ , शनिवार

बेरोजगारलाई काठमाडौँ महानगरले रोजगारी उपलब्ध गराउने

सुनाखरी न्युज/ काठमाडौँ – काठमाडौँ महानगरपालिकाले बेरोजगारीलाई रोजगारी दिन कार्यविधी जारी गरेको छ । पारिश्रमिक कार्यविधि, २०७७ जारी भएसँगै महानगरले कोभिड–१९ का कारण बेरोजगार भएकाहरुलाई रोजगारीका लागि बसोबास गरेको क्षेत्रको वडा कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ ।

 

महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै रोजगारी गुमाएका श्रम गर्न सक्ने महानगरवासीलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ बमोजिम रोजगारी उपलब्ध गराइने जानकारी दिएको हो ।