२०७७ चैत्र ३० , सोमवार

स्वास्थ्यकर्मी संघ नुवाकोटद्वारा आफ्नो दोस्रो स्मारिका बिमोचन

सुनाखरी न्युज/ नुवाकोट – नेपाल स्वास्थ्यकर्मी संघ नुवाकोटले स्वास्थ्यकर्मी स्मारिका अंक २ पुस्तकको बिमोचन गरेको छ । बिदुर नगरपालिकामा रहेको नेपाली कांग्रेस जिल्ला कार्यलयमा आयोजना गरिएको एक कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदीश नरसिंह केसिद्वारा सो स्मारिका को बिमोचन गरिएको थियो ।

 

कार्यक्रममा बोल्दै सभापति केसिले कोरोना उच्च जोखिममा रहेर पनि स्वास्थ्यकर्मीहरुले आफ्नो दायित्व पुरा गरे तर अहिलेको सरकारले स्वस्थ्यकर्मीको महत्त्व नबुझेको बताउनु भयो साथै सभापति केसिले राज्यले जुन भुमिका स्वास्थ्य क्षेत्रमा गर्नु पर्नी थियो त्यो गर्न नसकेको बताउनु भयो ।

 

कार्यक्रममा बोल्दै अर्का नेता रमेशकुमार महतले यस्तो संक्रमण अबस्थामा पनि स्वास्थ्यकर्मीहरुले आफ्नो अभियान आफ्नो कामलाइ निरन्तर दिएकोमा धन्यवाद दिनुभयो । उक्त कार्यक्रममा समन्वय समितिका अध्यक्ष सन्तमान तामाङ जिल्ला सचिब शिव दाहाल कोसाध्यक्ष महेन्द्र थिङ लगायतका नेताहरुको उपस्थिति थियो ।

 

कोभिड १९ का कारण सामाजिक सुरक्षा अपनाउदै सम्पन्न उक्त विमोचन समारोहमा स्वास्थ्यकर्मीले कोरोना महामारी बीच झेल्नुपरेको समस्याका बारेमा चर्चा भएको थियो। सो कार्यक्रम सामाजिका दुरी कायम गर्दै कोभिड १९ को सुरक्षात्मक उपाय अबलम्बन गरिएको थियो ।