२०७७ मंसिर १२ , शुक्रवार

टेलिकमले तिहारमा ल्यायो यस्ता अफर

Ntc

सुनाखरी न्युज/ काठमाडौँ – नेपाल टेलिकमले तिहार, छठ तथा नेपाल संवतको अवसरमा शुभकामना सन्देश पठाउन एसएमएस प्याक ल्याएको छ । सामान्य अवस्थामा एउटा एसएमएस पठाउँदा ५० पैसा शुल्क लाग्ने गरेको छ ।

 

हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको अटम अफर अन्तर्गतको एसएमएस प्याकमा तीन प्रकारका सहुलियत उपलब्ध छन् । जसमध्ये ५ रुपैयाँमा २० वटा एसएमएस, १५ रुपैयाँमा ७० वटा एसएमएस र ६० रुपैयाँमा ३०० वटा एसएमएस पठाउन सकिने छ । यी प्याक क्रमशः १ दिन, ७ दिन र २८ दिनको समयावधि भित्र प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । २० वटा एसएमएसका लागि एसएमएस२०, ७० वटा एसएमएसका लागि एसएमएस ७० र ३०० वटा एसएमएसका लागि एसएमएस ३०० लेखेर १४१५ मा एसएमएस पठाउन सकिन्छ ।

 

टेलिकमको पोस्टपेड प्रयोगकर्ताहरुले प्राइम, प्रिमियम, गोल्ड र डायमन्ड प्याक लिंदा एसएमएस, भ्वाइस र डाटा प्याकहरु समेत प्रयोग गर्न सक्नेछन् । पोस्टपेड प्राइम प्याक लिई २ सयवटा एसएमएस, प्रिमियम प्याक खरिद गर्दा ५ सय वटा एसएमएस र गोल्ड तथा डायमन्ड प्याक खरिद गर्दा १ हजार वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध छ । यी एसएमएस एक महिनासम्म कुनैपनि समयमा पठाउन सकिन्छ ।

 

कर्पोरेट कार्यालयका लागि उपलब्ध गराइएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अन्तर्गत रहेर पनि सहुलियत दरमा एसएमएस पठाउन सकिन्छ । सीयूजी प्याक अन्तर्गत २००, ५००, १००० र १५०० दरका विभिन्न अफर अन्तर्गत रहेर ग्रुपमा आबद्ध र ग्रुपभन्दा बाहिरका नम्बरमा समेत कल गर्न र एसएमएस गर्न सकिनुका साथै डाटा समेत चलाउन सकिन्छ । सो प्याक अन्तर्गत अन्य सुविधाका अतिरिक्त क्रमशः ५०, १००, २०० र ४०० वटा एसएमएस आवश्यकता अनुसार एक महिना भित्र पठाउन सकिन्छ ।

 

यी विभिन्न प्याकका बारे कम्पनीको ‘नेपाल टेलिकम एप’ बाट जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।