२०७८ बैशाख ३ , शुक्रवार

चित्रबहादुर केसीको उपचारमा लाग्ने सबै खर्च सरकारले ब्यहोर्ने

सुनाखरी न्युज/ काठमाडौँ – सरकारले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचारमा लाग्ने खर्च उपलब्ध गराउने निर्णय गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले केसीको स्वास्थ्यलाभको कामना गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको जानकारी गराएका हुन् ।

‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु’, उनले भनेका छन्, ‘आज सम्पन्न मन्त्री परिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु ।’कोरोना भाइरसबाट संक्रमण भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी मेडिसिटी अस्पतालको आइसोलेसनमा उपचाररत छन् । केसीको उपचारमा खर्च अभाव भएको भन्दै पार्टीले सहयोग उठाउने निर्णय गरेको थियो ।