२०७८ बैशाख ३ , शुक्रवार

राष्ट्रकाे हृदय धन फर्काउने समय आयाे 

गाेपी ढकाल – काे थिइन सती सावित्री ? यमदुतहरू उनी संग किन परास्त भए ? मृत्युका देवता स्वयं यमराजले समेत अन्ततः उनका सामु किन झुक्नु पर्‍यो ? अठाेट , निष्ठा र समर्पण भनेकाे कस्ताे हुनु पर्दाे रहेछ ? हामी सबैले बुझ्नु र सिक्नु पर्ने एक राेचक अनि भावुक धार्मिक कथालाई पनि आजकाे सन्दर्भमा जाेडेकाे छु ।

 

शास्त्रमा लेखिए अनुसार अश्वपति नामक एक राजाकी सुन्दर अनि सुशील राजकन्याकाे नाम थियाे ” सावित्री ” जाे हिन्दू हरूकाे पावन स्ताेत्रकाे नाम पनि हाे । युवती भएपछि पति चुन्ने स्वतन्त्र अधिकार कन्या लाई हुने त्याे समयकाे प्रचलन अनुसार रथमा चढेर सारा राजकुमार हरू नियाल्दै याेग्य वरकाे खाेजी गर्दा कसैलाई पनि उनले पत्नीव्रती देखिनन । अन्तमा कन्दमूल खाएर वनमा जीवन यापन गर्ने अांखा फाेरेर दृष्टिविहिन बनाई राज्यच्युत गरिएका तपस्वी धुमत्सेन नामक वनबासी राजाका छाेरा सत्यवान संग विवाह गर्ने उनले अठाेट गरिन । राजकुमारी सावित्रीले आफ्ना पिता राजा अश्वपति समक्ष यस्ताे निर्णय सुनाई रहदा देवर्षि नारद पनि साथमा नै थिए । ति राजकन्याकाे त्यस्ताे वचन सुन्ना साथ नारद भन्छन – याे विवाह घाेर अनिष्टकारक हुनेछ । किनकि अाजकाे बाह्रौं महिनामा याे युवकको मृत्यु हुनेछ अनि तिमी विधवा हुनेछाै ।

 

नारदकाे यस्ताे कुरा सुनेर राजा अश्वपति भन्छन – यस्ताे अल्पायुकाे अनि अभागी विवाह किमार्थ हुने छैन भन्दै गर्जन गरेकाे देखेर विनम्र स्वरमा सावित्री भन्छिन – पिता ! यसमा कुनै चिन्ता लिनु पर्दैन । किनकि संकल्प सहित मैले उनैलाई पति चुनि सकेकाले आर्यकन्याकाे विवाह जीवनमा एक पटक मात्र हुन्छ त्यसैले अन्य पुरूष संग विवाह गराएर मेराे मानसिक पतिव्रता नष्ट गर्ने चेष्टा किमार्थ पनि नगर्नाेस र आफ्नाे निर्णय बाट म च्युत हुने वाला पनि छैन ।
त्यस्ताे कठाेर निर्णय बाट लाचार बनेका राजाले वनबासी सत्यवान संग विवाह गराई राजभवनमा आवासकाे प्रवन्ध समेत मिलाए । तर मानिनन उनले किनकि आखा नदेख्ने ससुरा र बृद्ध सासुलाई वनमा छाेडेर राजभवनमा बस्नु आफु भन्दा कुलंगार्नी काेही हुदैन भन्दै तिनकाे सेवाका लागि पतिका साथ आश्रम रहेकाे वन तर्फ लागिन ।

 

सावित्री लाई आफ्ना पतिकाे मृत्यु तिथि ज्ञात थियाे तर उनले याे कुरा कसैलाई पनि सुनाएकी थिइनन । जङ्गलमा कन्दमूल खाेज्न , दाउरा र पानीकाे प्रवन्ध गरि बृद्ध सासू – ससुरा लाई भाेजनादि गराई सेवा गर्न पाउँदा उनले त्यसलाई नै ऐश्वर्य ठान्दै समय ब्यातित गर्दै थिइन । जब पतिकाे आयु तीन दिन मात्र बांकी रहेपछि उनले कठाेर व्रतावासकाे प्रारम्भ गरिन । उनका पति दाउरा खाेज्न बाहिर निस्केपछि सासू – ससुराकाे अनुमति लिएर उनि पनि संगै जाने गर्थिन ,,,, ता कि निमिषभर पनि उनले पतिलाई छाेडिनन । अन्ततः नारदले भनेझैं ताेकिएकै मितिमा थर थर काम्दै जमिनमा ढल्न लाग्दा सावित्रीले अंकमाल गर्दै आफ्नाे काखमा सयन गराउना साथ पति सत्यवानकाे प्राण गयाे । त्यसपछि सत्यवानकाे आत्मा लाई लिएर जान यमदुत हरू आए तर अश्रुधारा बगाइरहेकी सावित्रीकाे पतिव्रता शक्तिका कारण उनकाे काख बाट अात्मा खाेस्न सकेनन । त्याे वृतान्त दुतहरूले यमराज लाई सुनाए पछि सावित्री नजिक बलिरहेकाे अग्निमण्डल मा प्रवेश गरि यमराज भन्छन – छाेरी ! याे मृत देह छाेडिदेउ ! किनकि सबै प्राणीले एक दिन मर्नै पर्दछ ….. अझ भन्ने हाे भने मान्छेका लागि मृत्यु एक सत्य पनि हाे । त्याे सुनेर सावित्री केही पर हट्ना साथ सत्यवानकाे आत्मा लिएर गन्तव्य तर्फ जाँदै गर्दा आफ्नाे पछि पछि आइरहेकाे देखेर यमराज भन्छन — पुत्री ! ब्यर्थ मेराे पछि किन अाएकी ? यसरी जान देह त्याग गर्नु पर्दछ ….. सशरीर जान मिल्दैन ।

 

सावित्री भन्छिन — पिताजी ! मैले हजुर लाई पछ्याएकी हाेइन ….. एक नारीकाे अदृष्ट प्रेम जहाँ जान्छ त्यतै तर्फ मात्र पछि लागेकी हुं । किनकि पतिव्रता पत्नी र पत्निव्रती पति विच सनातन नियम अनुसार पनि जनम जनम कहिल्यै वियोग हुदैन । यमराज प्रसन्न भएर भन्छन — पुत्री ! आफ्ना पतिकाे जीवन बाहेक अरू के माग्छाै वरदान माग । सावित्री भन्छिन – हे मृत्युदेव ! यदि तपाईंको कृपा हुन्छ भने मेरा ससुराकाे गुमेकाे आखाकाे दृष्टि फिर्ता दिनाेस … त्याे सुनेर यमराज ले “तथास्तु ” भन्दै सत्यवानकाे आत्मा लिएर गए । तर पनि सावित्रीले आफ्ना पतिकाे आत्मा लाई पछ्याउन छाेडिनन । त्यसरी पछ्याइ रहेकाे देखेर यमराज भन्छन – अझ आइरहेकी छाै ? सावित्री भन्छिन — हाे पितृवर ! फर्केर जाने धेरै प्रयत्न गरें तर मेराे पतिकाे आत्मामा मेराे पनि आत्मा जाेडिएकाले जहाँ अात्मा जान्छ त्यहाँ शरीर जान्छ नै , त्यसैले पतिकै पछि पछि म पनि आई रहेकी छु । यमराज भन्छन – पुत्री ! म साह्रै खुशी छु त्यसैले आफ्नाे पतिकाे जीवन दान बाहेक फेरि पनि वरदान माग ! सावित्री भन्छिन — हे यमराज ! यदि हजुर प्रसन्न हाे भने …. मेराे ससुराकाे गुमेकाे राज्य र राज सिंहाशन फिर्ता हाेस । यमराजले “तथास्तु” भनि अब घर फर्केर जाउ ….. किनकि यमलाेकमा काेही पनि जीवित प्राणी जान सक्तैन भन्दै सत्यवानकाे अात्मा लिएर हिडे ।
यमराज जादैछन तर शीलवती तथा पतिपरायण सावित्री ले भने जतिनै वरदान पाए पनि आफ्ना मृत पतिकाे अात्मा पछ्याउन छाेडिनन । यसरी अझपनि पछ्याइरहेकाे देखेर यमराज भन्छन — हे मनस्विनी ! हे सावित्री ! तिमिले जे जे माग्याै त्याे प्राप्त गरिसकेकी छाै त्यसैले अझपनि यस्ताे शाेकाकुल भएर पछि पछि नआउ ।

 

सावित्री भन्छिन — मृत्युका न्याय देव ! अरू दिएर कुनै अर्थ छैन किनकि मेराे हृदय धनलाई लिएर तपाईं जाँदै हुनुहुन्छ अनि त्याे हृदय पछि लाग्नु बाहेक म संग अरू कुनै विकल्प छ ? त्यसैले म विवस छु । यमराजले साेधे – सावित्री ! यदि तिम्राे पति पापात्मा भएर नरकमा वास हुने भयाे भने ….. तिमि पनि घाेर नरक वासका लागि तयार छाै ? सावित्री भन्छिन – मृत्यु देव ! नरक हाेस वा स्वर्ग , मृत्यु हाेस या जीवन अनि वनमा हाेस वा दरबार जहाँ मेराे पतिदेव रहन्छन त्यहाँ जान पाउनु त्याे भन्दा साैभाग्य मेरा लागि अरू केही हुन्छ ? यमराजले भने – वत्से ! तिम्राे कुरा धर्म संगत छ त्यसैले अन्तमा तिम्राे पतिकाे जीवन बाहेक जुनसुकै वरदान माग अनि फर्क भनेपछि सावित्री भन्छिन – प्रभु ! हजुरले अन्तिम वरदान दिने नै हाे भने ….. मेरा ससुरा महाराज धुमत्सेनकाे वंश नष्ट नहाेस अनि त्याे राज्यमा मेरा पति सत्यवानकाे उत्तराधिकार सत्यवानका छाेरा लाई नै प्राप्त हाेस ।

 

यमराजले मुस्कुराउदै भने — पुत्री ! आफ्ना पति प्रेमका कारण तिमीले आज मृत्यु माथिनै विजय गर्‍यौ किनकि यमराज भएर पनि तिम्राे अठाेट , निष्ठा र समर्पण सहितकाे अमर, अजर अनि अटल प्रेम शक्तिका अगाडि म निर्बल बनेकाे छु । पुत्री सती सावित्री ! तिम्राे अभिलाषा पूर्ण हाेस , सत्यवान र तिम्राे पुत्रले राज्यमा शासन गर्ने छन , त्यसैले म आफु प्रसन्न भएर सत्यवानकाे आत्मा फिर्ता गरि तिम्राे पतिलाई पुनर्जीवन प्रदान गरेकाे छु … जाउ भन्दै यमराज त्याे आत्मालाई छाेडेर यमलाेक तर्फ लागे । त्यसरी सावित्रीकाे अन्त:करण भित्रकाे एक अठाेट , निष्ठा र समर्पण सहितकाे अमर , अजर अनि अटल प्रेम शक्तिकै कारण आफ्ना पति सत्यवानकाे अात्मा मात्र हाेइन …… आफ्ना ससुराकाे गुमेकाे अांखाकाे ज्याेति सहित हड्पिएकाे राज्य समेत फिर्ता गराएर पुनः राजा बनाउन र आफु युवराज्ञी बन्न सफल भएकी थिइन ।

 

भन्न खाेजेकाे याे धार्मिक कथाकाे सार भनेकाे राष्ट्रकाे वैभवशाली सभ्यता प्रति यदि हामी ऋणि हाैं भने प्राचीन संस्कृतिको मूल्य चुकाउनु पर्ने समय आएकाे छ । त्यसैले १२ बुंदेले खाेसेर लगेकाे हाम्राे पहिचानकाे हृदय धनलाई फिर्ता गराउन र शैव अनि शाक्त सभ्यताको स्मारक जाेगाउन सती सावित्रीले झैं अठाेट , निष्ठा र समर्पणका साथ अघि बढ्न सक्यौं भने अग्रगमन र परिवर्तनका नाममा विदेशी दलाल हरूले भड्काएकाे राष्ट्रकाे आत्मा मात्र हाेइन ……. गुमेकाे आखाकाे ज्याेति अथार्थ सनातन हिन्दू राष्ट्र र हड्पिएकाे राजसंस्था फर्काउन यमराजे झैं तिनले पनि बाध्य हुनु पर्नेछ ।  त्यसपछि न कुनै वंशवादकाे नै जरूरत पर्छ, न त कसैले अंशवादकाे बुढाे काेट देखाउदै विचार र मुद्दालाई उसपार कंशवादमा पुग्न पुल सम्झने अवसरवादी हरूकाे नै कुनै महत्व रहन्छ । त्यसैले मानव जातिकाे पहिले आगन , संवेगहरूकाे प्रथम अभिव्यक्ति अनि समस्त धर्महरूकाे उद्गम स्थल हिमवत्खण्ड नेपाल बाट १२ बुंदे मार्फत खाेसिएकाे हृदय धनलाई फिर्ता लिन अठाेट, निष्ठा र समर्पणका साथ अघि बढ्नु पर्ने समय आएकाे छ ।

( लेखक : स्वराष्ट्र र स्वधर्मका पक्षमा अनवरत कलम चलाउने राप्रपाका केन्द्रीय सदस्य हुन )