सुनाखरी न्युज/ काठमाडौँ —
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ६१ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार संक्रमित पुष्टि हुनेमा ५२८ महिला र ७३३ पुरुष रहेका छन् ।
काठमाडौँमा ९७६ भक्तपुरमा ८१ र ललितपुरमा २०४ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर संक्रमित पुष्टि हुनेमा २ हजार ५६९ रहेका छन् ।