२०७७ चैत्र ३० , सोमवार

अन्तर्राष्ट्रिय लेखादिवस कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौँ – आधुनिक लेखाका पिता मानिने Luca Pacioli ले November 10, 1494 मा Everything About Arithmetic, Geometry and Proportion नामक पुस्तक प्रकाशित गरेको संझनामा विश्वमा हरेक वर्ष November 10 लाई   International Accounting Day को रुपमा मनाउँदै आईरहेको छ ।

 

 

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था International Federation of Accountant – IFAC,Confederation of Asia and Pacific Accountants – CAPA तथा  South Asian Federation of Accountants – SAFA को सदस्यको रुपमा रहेको र विगतवर्षहरुमा जस्तै यस वर्ष पनि नोभेम्बर १०, २०२० ९२०७७कार्तिक २५ गते० मंगलवारका दिनअन्तरक्रियाकार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय लेखादिवस मनाइयो । अन्तर्राष्ट्रिय लेखादिवस मनाउन virtual platform मार्फत एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

 

 

यस कार्यक्रमको मुख्य उद्देश्य लेखाशिक्षाको महत्वप्रतिजनचेतनाजगाई लेखाशिक्षाको क्षेत्रमाभएका महत्वपूर्ण उपलव्धीहरुलाई उजागर गर्ने तथा लेखाशिक्षा सम्बन्धी मुद्दाहरुमा नवीन रणनितिहरुको विषयमा छलफल गर्ने, लेखाविद्यार्थीहरुलाई प्रोत्साहनप्रदान गर्ने र लेखाशिक्षाको प्रचार प्रसार गर्ने रहेको छ ।
संस्थाकाअध्यक्षसिए। मदनकृष्ण शर्माकोस्वागत मन्तव्यबाट कार्यक्रमको शुभारम्भभएकोथियो । मन्तव्य प्रस्तुत गर्ने क्रममाउहाँले लेखाव्यवसायतथा लेखाशिक्षाको क्षेत्रमाभएका महत्वपूर्ण विकासका पाटाहरुलाई औंल्याउनु भएको थियो । माननीय अर्थमन्त्रीश्री विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा विशिष्टअतिथिको रुपमामाननीयमहालेखापरीक्षक टंकमणि शर्मा दंगाल रहनु भएको थियो भने महालेखानियन्त्रक मधुकुमार मरासिनी र त्रिभुवनविश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्मा विशेष अतिथिको रुपमा रहनु भएको थियो । त्यसैगरी, कार्यक्रममा प्रमुख वक्ताको रुपमा संस्थाका प्रथम अध्यक्ष सिए कोमलबहादुर चित्रकार, नेपाल अडिटर्स एशोसिएशनका अध्यक्ष मोहनराज रेग्मी तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका अध्यक्ष सिए आनन्द राज शर्मा वाग्लेले आफ्नो भनाई राख्नु भएको थियो ।

 

 

प्रमुख अतिथि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजनैनिक आन्दोलन समाप्त भए पश्चात आर्थिक विकास सरोकारको विषय हुनगएको धारणा राख्नु भयो । उहाले पारदर्शिता तथा स्वच्छताका लागि लेखा महत्वपूर्ण हुने र यसको लागि संस्थातथा यस क्षेत्रका पेशाकर्मीहरुको भूमिका महत्वपूर्ण हुने धारणा राख्नु भयो । त्यस्तै विशिष्टअतिथिमाननीयमहालेखापरीक्षक  टंकमणि शर्मा दंगालले Accounting – Crux to Economic Growth of Nation विषयमा आफ्नो धारणा राख्नु भएको थियो ।कार्यक्रमका विशेष अतिथिहरु महालेखानियन्त्रक मधुकुमार मरासिनीतथात्रिभुवनविश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्लीराजशर्माले क्रमशःqmdzMStreamlining of Government Accounting System – Role of Professional Accountants/ Mapping ofAccounting Education at University Leve विषयमा आफ्नो धारणा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम अवधिमा भएका प्रस्तुत भएका विषय वस्तुहरु लाई सारभूत रुपमा प्रस्तुत गरि संस्थाका उपाध्यक्ष सिए युद्धराज ओलीले कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्नु भएको थियो। कार्यक्रममा संस्थाका सदस्यहरु, विद्यार्थीहरु, कर्मचारीहरु तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।