२०७७ चैत्र ३० , सोमवार

भाइटीका मनाउन दुई दिन सार्वजनिक बिदा

सुनाखरी न्युज/ काठमाडौँ – यस वर्ष भाइटीका मनाउन सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंसिर २ गते भाइटीकाको दोस्रो दिन पनि सार्वजनिक बिदा हुने भएको हाे। नेवार समुदायको मागलाई सम्बोधन गर्दै मंसिर २ गते पनि सार्वजनिक बिदा दिइने भएको हो ।

 

यस बर्ष नेवार समुदायले मंसिर १ गते सोमबार नेपाल संवत् नयाँ वर्ष (न्हुदँ)कै पहिलो दिन पारेर म्हपूजा र मंसिर २ गते मङ्गलबार भाइपूजा गर्दै छन्। नेवा: समुदायका अभियन्ताहरुको माग अनुसार मन्त्रिपरिषदको निर्णयले उक्त दिन बिदा दिने निर्णय गरेको जनाइएको छ ।