२०७७ चैत्र ३० , सोमवार

युनाईटेड इदी–मर्दीको आइपिओ निष्कासन मिति परिवर्तन

सुनाखरी न्युज/ काठमाडौँ – युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर ९आइपिओ० निष्कासन तथा बिक्री खुल्ला गर्ने परिवर्तन गरेको छ । कम्पनीले कात्तिक २७ गते बिहीबारबाट निष्काशन गर्ने भनेको आइपिओ मङ्सिर ३ गतेबाट मात्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

 

नियमन निकाय धितोपत्र बोर्डको पत्रबाट प्राप्त निर्देशन अनुसार कम्पनीले आइपिओ निष्काशन मिति परिवर्तन गरेको एक सूचना प्रकाशन गर्दै जानकारी दिएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जारी पूँजीको २५ प्रतिशत साधारण शेयर आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि अनुमति दिएको थियो । जसमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ४ लाख २० हजार कित्ता निष्कासन तथा बिक्री गरिसकेको छ । कम्पनीले असोज ७ गते बुधबारदेखि कात्तिक ६ गते, बिहीबारसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

 

अब दोस्रो चरणमा सर्वसाधारणका लागि ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा बिक्री नभएको २ लाख ४३ हजार ९ सय १० कित्ता समेत जोडेर ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर ९आइपिओ० निष्कासन गर्न लागेको हो । जसमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि, १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गर्न लागिएको हो । लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त आइपिओमा मंसिर ३ गतेदेखि र मंसिर ११ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस :