२०७७ चैत्र २९ , आइतवार

थापा निवासमा राप्रपा अध्यक्षत्रयको बैठक, पार्टी संगठनको समीक्षा गर्दै भावी कार्यक्रमबारे छलफल

सुनाखरी न्युज/ काठमाडौं – कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचारलगायत विषयलाई लिएर जनसंघर्ष गर्नेबारे छलफल गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

 

अध्यक्ष कमल थापाको बुढानिलकण्ठ पासिकोटस्थित निवासमा बसेको बैठकले देशको राजनीतिक अवस्था र पार्टी संगठनको समीक्षा गर्दै भावी कार्यक्रमबारे छलफल गरेको हो।‘स्थानीय तहमा पार्टी समायोजनलाई तीव्रता दिने तथा कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचार लगायतका विषयलाई लिएर जनसंघर्ष गर्नेबारे समेत छलफल भएको छ,’ पार्टी सचिवालय सदस्य राजाराम बर्तौलाले भने। विस्तृत छलफलपछि जनसंघर्षका कार्यक्रम सार्वजनिक गरिने बर्तौलाले बताए।