२०७८ बैशाख ४ , शनिवार

विद्युतीय सवारी साधनमाथि बढाइएको कर घटाउन सरकारसँग थापाको माग

सुनाखरी न्युज/ काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले विद्युतीय सवारी साधनमाथि बढाइएको कर घटाउन सरकार सँग माग गरेका छन् । मंगलबार सामाजिक सञ्जाल मार्फत अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेललाई विद्युतीय सवारीमाथि बढाइएको कर घटाउन माग गरेका हुन् ।

 

‘विद्युतबाट चल्ने गाडीमा बढाईएको कर पनि कम्तिमा पुरानै अवस्थामा फर्काउन सरकारको ध्यान आकर्षित गर्दछु’, उनले भनेका छन् । त्यस्तै अध्यक्ष थापाले पुस्तकमा लगाईको १० प्रतिशत कर हटाइएकोमा सरकारलाई धन्यवाद दिएका छन् ।‘पुस्तकमा भन्साररकर बढाउने सरकारको निर्णय ठिक थिएन । ढिलै भए पनि पुस्तकमा लाग्दै आएको कर हटाएकोमा सरकारलाई धन्यवाद’, अध्यक्ष थापाले भने ।