२०७८ बैशाख ३ , शुक्रवार

घट्यो सुनको मूल्य

gold_down

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा केहि दिन देखि निरन्तर उकालो लागेको सुनको मूल्य आज ह्वात्तै घटेको छ । सोमबार सुनको मूल्य तोलामा ९८ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ३४ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ३ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१५ रहेको महासंघले जनाएको छ ।