२०७८ बैशाख ८ , बुधवार

नवनियुक्त राजदूत खडकासगँ नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी वीचको छलफलमा

सुनाखरी न्युज/ काठमाडौं – संघीय गणतन्त्र जर्मनीका लागि नेपालका नवनियुक्त राजदूत  रामकाजी खडकासंग नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ र पदाधिकारी वीचको छलफलमा राजदूत खडकाले बिश्व आर्थिक परिदृष्यमा जर्मनी बिश्वको चौथो आर्थिक शक्ति तथा नेपालको आर्थिक क्षेत्रको महत्वपूर्ण साझेदार भएकोले नेपालको पर्यटन, लगानी तथा व्यापारको क्षेत्रमा जर्मनीको योगदान महत्वपूर्ण हुने बताउनु भयो ।

 

नेपाल र जर्मनी वीच सन् १९५८ मा कुटनीतिक सम्वन्ध कायम भए पश्चात नेपालको बिकास प्रयाशमा जर्मनीको उल्लेखनीय योगदान रहेकोे बताउनु हुंदै आफ्नो कार्यकालमा जलविद्युत लगायत पूर्वाधारको विकाश, वैदेशिक लगानी विस्तार, नेपालको निकासी अभिवृद्धि तथा पर्यटन प्रवद्र्धन गर्ने तर्फ पहल गर्ने बताउनु भयो । नेपाली तथा जर्मन निजी क्षेत्र वीच समन्वय कायम गरी आर्थिक सम्वन्धलाइ सबल बनाउने तर्फ पहल गरिने बताउनु भयो ।

 

सो अबसरमा नेपाल चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले नव नियुक्त राजदूत खडकाको कार्यकालको सफलताको कामना गर्दै, चेम्बरले आफ्नो सात दशकको लामो इतिहासमा निजी क्षेत्रको सशक्तिकरण कार्यमा पैरवी गरि रहेको बताउनु भयो । सो अवसरमा अध्यक्ष श्रेष्ठले जर्मनी, नेपालको ठूलो व्यापारिक साझेदार रहेको बताउनु हुंदै नेपालबाट निकासी हुने उनी गलैचाको सवै भन्दा धेरै परिमाण जर्मनीमा हुने गरेको स्मरण गर्नु भयो । जर्मनीको बजार नेपाली उत्पादनको लागि अतिनै महत्वपूर्ण भएकोले द्धिपक्षीय व्यवसायीक सम्वन्धलाइ अझै सुदृढ गर्न पर्ने खांचो औल्याउनु भयो । व्यापार सम्वन्धमा भएको वृद्धिले कुटनीतिक सम्वन्धमा नयां आयाम दिने भएकोले नेपालबाट जर्मनीमा निर्यात हुने मूख्य वस्तुहरुमा उनी गलैचा, पश्मिना, चिया, तयारी पोशाक कफी एवम अदुवाको संभाव्यता वढि भएकोले यसको निर्यात वढाउने तर्फ नवनियुक्त राजदूतको ध्यानाकर्षण गर्नु भयो । नेपाल जर्मनी वीच सीधा हवाइ सम्पर्क हुन सकेमा नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनु भयो ।

 

दुबै देश वीचमा आर्थिक संम्बन्ध अभिवृद्धि गर्नको लागी लगानी तथा पर्यटन प्रवद्र्धन, व्यापारिक प्रतिनिधी मण्डलको आदान प्रदान, दुवै मुलुकमा आयोजना हुने अन्तर्राष्ट्र्रिय स्तरको मेलामा दुवै पक्षको सहभागिताको लागि पहल हुनु पर्ने बताउनु भयो । यसका साथै दुइ मुलुक वीच बि टु वी सम्वन्ध बिस्तारको लागि नेपाल चेम्वर अफ कमर्स सहकार्य गर्न तत्पर रहेको बताउनु भयो । सो अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल तथा उपाध्यक्ष द्धय कमलेश कुमार अग्रवाल तथा दीपक कुमार मलहोत्रा समेत उपस्थिति रहेको थियो ।