२०७७ चैत्र ३१ , मंगलबार

पुस्तक आयातको कर हट्यो

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले पुस्तक आयातमा लगाएको कर हटाएको छ  । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । बैठकले मन्त्रीहरुको चैतसम्म पाउने पाउने सुविधाको ५० प्रतिशत कोरोना उपचार तथा रोकथाम कोषमा जम्मा गर्ने निर्णय समेत भएको एक मन्त्रीले जानकारी दिएका छन् ।

गत आर्थिक वर्षको बजेटमा सरकारले विदेशबाट आयात हुने पुस्तकमा अतिरिक्त १० प्रतिशत शुल्क लगाउने घोषणा गरेको थियो ।