२०७८ बैशाख ८ , बुधवार

दिल्ली क्यापिटल्स पहिलो पटक आईपीएलको फाइनलमा, हैदराबाद पराजित

सुनाखरी न्युज/ काठमाडौं-
नेपाली क्रिक्रेटर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली फाइनलमा प्रवेश गरेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो दिल्ली आईपीएलको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।

फाइनल खेल मंगलबार दुबईमा हुनेछ ।