२०७८ बैशाख ३ , शुक्रवार

दोहोरो अंकले बढ्यो नेप्से

सुनाखरी न्युज/ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको पहिलो दिन आज (आइतबार) दोहोरो अंकले बढेको छ । आज नेप्से १२.४९ अंकले बढेर १ हजार ६ सय ४८ दशमलव ५८ विन्दुमा कायम भएको छ ।

 

नेप्सेका अनुसार आज ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २६१ को कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये बैंकिङ क्षेत्र बाहेक अन्य सबैमा हरियाली छाएको छ । आइतबार ६ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । हिमालयन डिष्टिलरी कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, यूनिभर्सल पावर कम्पनी लिमिटेड र सानिमा जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।