२०७७ चैत्र ३० , सोमवार

विश्वको सबैभन्दा ठूलो अनलाइन सेल दिवस कार्तिक २६ बाट सुरू हुँदै

सुनाखरी न्युज/ काठमाडौं – देशको अग्रणी अनलाइन बजार दराजले ‘लाइभ अनाउन्समेन्ट’ कार्यक्रम मार्फत दराज ११११ को तेस्रो संस्करण कार्तिक २६ बाट सुरु गर्ने भएको छ । यस वर्षको ११११ सेलमा ग्राहकहरुले विशेष छुट पाउनुका साथ ८ लाख बराबरको टिभीएस अपाचे आरआर ३१० जित्ने मौका पाउनेछन् ।

 

ग्राहकहरुले नबिल बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेन्चुरी बैंक र हिमालयन बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरि अनलाइन भुक्तानीमा २० प्रतिशत (अधिकतम तीन हजार) सम्मको छुटपाउने दराजले जनाएको छ । त्यस्तै, हकहरूले दराजमा इसेवा वालेटमार्फत भुक्तानी गर्दा छुट पनि पाउनेछन् । ११.११ मा ग्राहकहरुले विशेष लन्चका रुपमा सामसुङ्ग ग्यालेक्सी एस ट्वेन्टी एफइ विश्वको सर्वश्रेष्ठ मूल्य ६९,९९९मा पाउनेछन ।

 

त्यस्तै गरी एलजी, एमआई, फिटबिट, सोनी, भ्यांस, वल्पुल, टाइटन, कोलम्बिया, मिचा, गोल्डस्टार, जुआस, होमग्लोरी, आमाइरा, फेशनहाउस, न्युब्यालेन्स, टिभिएस जस्ता ब्रान्डहरुमा पनि ६० प्रतिशत सम्म छुट पाउने छन् ।साथै प्रीमियम प्रायोजक कोकाकोलाले पनि११.११को अवसरमा विशेष अफरहरू घोषणा गर्नेछ । दराजले ग्राहकहरुलाई ११.११ मा लाइभ भिडियोहरू, फ्ल्याससेल, बन्डल अफर, निःशुल्क वितरण, सोशल मिडियामा प्रतियोगिता, अनलाइन लुडो टूर्नामेन्ट, अर्लीबर्ड अफर, एनसेल मोबाइल रिचार्ज छुट, र वनरुपीगेमर मिशन ११.११ जस्ता गेममार्फत पुरस्कार जित्ने अवसरहरू पनि प्रदान गर्दैछ ।

 

११.११सम्बन्धी मिडिया र ग्राहकहरूको केही प्रश्नहरूको जवाफ दिन दराजले प्रत्यक्ष प्रेस कार्यक्रम आयोजना गरेको थियो ।उक्त कार्यक्रमका होस्ट प्रसिद्ध मिडिया व्यक्तित्व सूरजसिंह ठकुरी थिए भने मुख्य वक्ताहरु दराजका प्रबन्ध निर्देशक, लिनो अलरिंग, डेक्स प्रमुख, सन्तोषबिष्ट,र मुख्य ग्राहक अधिकारी, सम्झना सुवेदी थिए ।