२०७८ बैशाख ३ , शुक्रवार

प्रदीप पौडेलले ल्याए कोरोना संक्रमितको उपचारमा सहयोग पुर्‍याउन ‘प्लाज्मा एप’

सुनाखरी न्युज/ काठमाडौं-
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कोरोना संक्रमित बिरामीलाई सहयोग पुर्‍याउन ‘प्लाज्मा एप’ सञ्चालनमा ल्याएका छन्। गत मंगलबारदेखि यो एप सञ्चालनमा आएको हो।

प्लाज्मा चाहिने र दिने व्यक्तिलाई सम्पर्क गराउन ‘प्लाज्मा मोबाइल एप’ सञ्चालनमा ल्याएको पौडेलले जानकारी दिए। ‘प्लाज्मा दिन चाहने एक सय जनाले शुक्रबारसम्म एपमा फारम भरिसक्नु भएको छ,’ पौडेलले , ‘एपमा फारम भर्नु भएका सात जनाले बिहीबार प्लाज्मा लिइसक्नुभयो।’

कबलष्mबदष्मज बिद
प्लाज्मा चाहिएका बिरामीलाई सहज रूपमा प्लाज्मा उपलब्ध गराउन यो एप प्रभावकारी हुने देखिएको उनले बताए।

पौडेलका अनुसार प्लाज्मा मोबाइल एपमा प्लाज्मा दिन चाहने र लिनेले ठेगाना, मोबाइल नम्बर र ब्लड ग्रुप कुन हो खुलाउनुपर्ने हुन्छ।

प्लाज्मा खोजिदिन आग्रह गर्दै फोन आउन थालेपछि पौडेललगायतले यो एप सञ्चालनमा ल्याएका हुन्।

कोरोना संक्रमणमुक्त भएकाहरूले प्लाज्मा दिन सक्छन्। उनीहरूको प्लाज्मा कोरोना संक्रमितका लागि उपचारमा सहयोगी हुन्छ।

हालै कोरोनामुक्त भएका कांग्रेस केन्द्रीय सदस्य गगन थापा र उनकी पत्नी अञ्जना केसीले पनि यो एपमा फारम भरिसकेका छन्।