२०७८ बैशाख ८ , बुधवार

अमेरिकी राष्ट्र्पती र नेकपा बिभाजनको संभावना 

किरण गिरी –

अमेरिकी निर्बाचन :-
नोभेम्बर – ३ तारीखमा सम्पन्न भएको अमेरिकी रास्ट्रपति निर्बाचनको परिणाम आइसकेको छैन । यतिबेला शुक्रबार – ७ बजे  साझ सम्म अमेरिकन राष्ट्रपति को निर्वाचन परिणाम घोषित भएको छैन।तर अेरिजोनामा ४७ ०५२ हजारको लिड भएको अबस्था र नेभादा मा ११,३४८को लिड भएको तथ्यांक लाइ  हेर्दा अब अन्यथा नभए  “जो बाइडेन ” अमेरिकाको ४६ औ  राष्ट्रपति र ” कमला ह्यरिस ” अमेरिकाको प्रथम   महिला उपराष्ट्रपति हुने प्राय निश्चित देखिएको छ ।

बिश्वकै महान शक्तिशाली लोकतान्त्रिक मुलुक अमेरिकाको रास्ट्रपति निर्बाचन परिणामलाई यतिबेला संसारभरी बाट हेरिनु स्वाभाबिकै हो । कोरोना बिछ सम्पन्न यो निर्बाचनमा अमेरिकी जनता मात्र होइन विश्व नै प्रत्यक्ष र परोक्षरुपमा समिल्लित भै रहेको अबस्था छ ।

कोरोना र नेपाल :-
संसार यतिबेला कोरोना भाइरस कोभिड १९ को संक्रमण सामना गरिरहेको छ । आज सम्म यो महामारी बाट झण्डै  १२लाख  जनाको ज्यान गैसकेको छ भने संक्रमितको संख्या – ५ करोड हाराहारी   पुगिसकेको छ । नेपालमा करिब १ हजार भन्दा बढीको ज्यान गैसकेको छ भने करिब पौने दुई लाखको संक्रमितको संख्या   पुगिसकेको छ।आर्थिक मन्दीका कारण बिश्व अर्थतन्त्र धारासायी अबस्थामा पुगिरहेको छ । नेपाल कोरोना संक्रमणको झण्डै चार महीना लामो बन्दाबन्दी ” लकडाउन ” को कारण  ठुलो आर्थिक संकटको संघारमा उभिएको छ।

नेकपा बिभाजनको संभावना :-
बिश्व राजनीति र महामारी को यो सेरोफेरोमा नेपालमा भने झण्डै दुई तिहाइ हाराहारीमा रकेको नेकपा सरकारको पार्टी नेपाल कम्युनिस्ट पार्टी भने  बिभाजन को संघारमा उभिएको छ । अमेरिकी रक्षामन्त्री र बिदेश मन्त्रीले गएको हप्ता  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संग चार घण्टा लामो संवाद गर्दै दक्षिण एसियामा लोकतन्त्रका लागि लोकतान्त्रिक रास्ट्र र लोकतान्त्रिक शक्ति हरु एक हुनुपर्नेमा जोड दिएका छन । जतिबेला नेपालका प्रधानमन्त्री संग भारतीय खुफिया एजेन्सी ” रअ ” का प्रमुख सामन्त गोयल अक्टोबर २१ तारीख राती ९:०० बजे देखि १२ :०० बजे सम्म गोप्य संबादमा ब्यस्त थिए। यो संयोगलाइ विश्लेषण गर्ने हो भने पनि नेकपा बिभाजन अबश्यंभाबी देखिन्छ ।

यता जर्मन र फ्रान्स पुन लकडाउन लकडाउनमा फर्केका छ्न भने बेलायत समेत पुन : पुर्ण लकडाउनको अबस्थामा आइसकेको छ । नेपालमा कोरोना महामारी बढ्दै जादा नेपाल सरकार भने आफ्नै द्वन्द ब्यबस्थापन मा तल्लीन छ । ८- बैशाख ०७६ देखि-१५ कार्तिक ०७७ सम्म नेकपाको सरकार  निरन्तर भ्रष्टाचार , अनियमितता , दाउपेच र षड्यन्त्रमा तल्लीन रहेको छ । सरकार र नेकपा ओली ,प्रचण्ड ,नेपाल ,गौतम र खनालका स्वार्थ र द्वन्द ब्यबस्थापनमा सरकारी सारा श्रोत साधन खर्चिरहेको छ । तैपनि प्रधानमन्त्री के . पी . ओली नेकपा बिभाजन हुनसक्ने संकेत गर्दै छन भने अर्थमन्त्री एबं नेकपा महासचिव बिष्णु पौडेल पार्टी लाई बिभाजनको डिलाबाट जोगाउन टुइटर मार्फत सबैलाई आह्वान गर्दै छ्न । हिजै मात्रै नेकपा अध्यक्ष एबं प्रधानमन्त्री के पी शर्मा ओली र अर्का अध्यक्ष एबं पुर्ब प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड बिच भएको  भेटघाटका अभिव्यक्ति सार्बजनिक भएको अबस्थालाई जानकारी मा राख्ने हो भने अब नेकपा बिभाजन अबश्यंभाबी भै सकेको देखिन्छ । आजै  कार्यकारी अध्यक्ष  प्रचण्डले बोलाएको सचिबालयको बैठक अर्का अध्यक्ष प्रधानमन्त्री ओली र उनका समर्थक चारजना सचिबालय सदस्यले बैठक बहिष्कार गरेर पार्टी बिभाजनको संकेत दिएको अनुमान गर्न सकिन्छ ।

प्रचण्ड र उनका समर्थकहरु पार्टी मिलेकोमा यतिबेला सामाजिक संजाल मार्फत  पश्चाताप गर्दैछ्न। नेकपा भित्रैबाट प्रधानमन्त्री के .पी . ओली विरुद्ध संघीय संसदमा अविश्वासको प्रस्तावको पेश गर्ने तयारी भैरहेको समाचार हरु बाहिरिन थालेका छ्न । प्रधानमन्त्री ओली भने आफू कुनै पनि तहको बैठक नबोलाउने र कुनैपनी निर्णय नमान्ने भन्दै आफ्नो विरुद्ध केही कदम चालिए आफूल्र त्यो भन्दा कडा कदम चाल्ने चेतावनी प्रचण्ड लाई दिएको कुरा स्वयं प्रचण्ड बाट बाहिरिन थालेको छ । आफुले राजिनामा दिएमा मुलुक नै बर्बादिमा जाने कुरा प्रधानमन्त्री ओली बताइरहेका छ्न । यो उनको चरम अहंकार र अहंता हो । यो देश त्यति कमजोर होइन के पी ओली प्रधानमन्त्री टिक्दैमा राम्रो हुने हट्दैमा बर्बाद हुने । यो त उनको तानाशाही अभिव्यक्ति मात्र हो ।

अबको पार्ल्यामेण्ट कांग्रेसको बहुमत :-
यश अगाडी मेरो आर्टिकलहरुमा उल्लेख गरिएका तथ्य र  अनुमान मैले यहाँ पुन:  दोर्‍याउन उपयुक्त ठाने – ” नेपालको इतिहासमा कुनै पनि सरकार पाँच बर्ष टिकेको छैन र कुनैपनी राजनीतिक दलले लगातार दोर्‍याएर बहुमत ल्याएको छैन ” । अब झनै स्पस्ट संग भन्न सकिन्छ अब नेकपा एकीकृत वा बिभाजित ले नेपालमा बहुमत ल्याउने संभावना र आधार हरु गुमाउँदै गइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बहुमत ल्याउने संभावना लाई नकार्न सकिँदैन ।

सरकार परिवर्तनको संभावना :-
अमेरिकी रास्ट्रपतिको निर्बाचन पछी को बिश्व , नेपालमा परिबर्तित भारतीय दृष्टिकोण , नेकपा भित्रको निरन्तर किचलो र झगडा लाई हेर्दा नेपाली राजनीतिमा दलिय ध्रुवीकरण र सरकार  परिबर्तन को संभावना नकार्न सकिदैन ।

नेपाली राजनीतिमा महत्त्वपूर्ण पक्षहरू :-
बिश्व राजनीतिक सेरोफेरोमा नेपाल ।
सामन्त गोयलको भ्रमणको लक्ष्य र उधेश्य प्रभाव ।
गोयल र प्रधानमन्त्री ओली संबादको विश्लेषण र परिणाम ।
नेपालको राजनीतिमा चीनिया प्रभाव ।
नेकपा र  कम्युनिस्ट सरकारको भबिस्य ।कम्युनिस्टहरुको रुपान्तरण र भबिस्य ।
गणतन्त्र बिरोधि प्रतिगामीहरुको सलबलाहट र भबिस्य ।
आगामी निर्बाचन र नेपाली कांग्रेस ।

नेपाली राजनीतिमा भारतीय चासो र स्वभाबिकता  संबिधान र गणतन्त्र पक्षधर लोकतान्त्रिक शक्तिहरु बिच समझदारी र सहकार्य । चीनिया पोल्टा बाट नेपाली राजनीतिको  बहिर्गबन। दक्षिण एसियामा लोकतान्त्रिक मजमुतिकरण तर्फ अमेरिका । लोकतान्त्रिक अम्ब्रेलामा नेपालको भबिस्य ।राजनीतिक स्थिरता , दिगो शान्ति र समृद्धि । जस्ता उलीलेखित  राजनीतिक ,सामाजिक र अन्तर्राष्ट्रिय सबाल हरुको अध्ययन र बिश्लेषण गंभिर रुपमा गर्नु आबश्यक छ ।

राजनीतिक स्थिरताको लागि रास्ट्रीय सहमति :-
नेपाली कांग्रेसको समग्र संगठन र आगामी महाधिवेशन पछिको संगठन र संबिधान एबं परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्र पक्ष्धर  लोकतान्त्रिक शक्तिहरु बिचको सहमति र समझदारी ले नेपालको राजनीति नयाँ शिराबाट अगाडि बढ्ने छ ।

लेखक – पत्रकार एबं सदस्य नेपाली कांग्रेस ।