२०७८ बैशाख ८ , बुधवार

नवनियुक्त शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठलाई महासंघको बधाई तथा शुभकामना

सुनाखरी न्युज/ काठमाडौं –
नवनियुक्त शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठलाई नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधीमण्डलले भेटगरी बधाई दिनुकासाथै कार्यकालको सफलताको शुभकामना ब्यक्त गरेको छ । महासंघका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधीमण्डलमा महासंघका पदाधिकारी तथा सदस्यहरुगरी ७ जनाको सहभागिता रहेको थियो । नवनियुक्त मन्त्री श्रेष्ठको निवाासमा भएको भेटकाक्रममा महासंघका तर्फवाट उहाँलाई सगुन समेत टक्राइएको थियो । नवनियुक्त मन्त्री श्रेष्ठ महासंघको सल्लहकार समेत हुनुहुन्छ ।

 

बधाई तथा शुभकामनाकालागि महासंघका तर्फवाट बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यका साथै निवर्तमान अध्यक्ष मणिरत्न शाक्य, उपाध्यक्ष पवन सोमानी, कोषाध्यक्ष महेन्द्ररत्न शाक्य, सचिव किरणभार्य बज्राचार्य तथा सदस्यहरु रोहिना शाक्य र सुरेशमान शाक्यको सहभागि हुनुभएको थियो ।