२०७८ बैशाख ८ , बुधवार

ब्रोकर एसोसिएसनको अध्यक्षमा सन्तोष मैनाली निर्विरोध, आज घोषणा हुँदै

सुनाखरी न्युज/काठमाडौँ – ब्रोकर एसोसिएसनको अध्यक्षमा सन्तोष मैनाली निर्विरोध निर्वाचित हुने भएका छन् । आज शुक्रबार हुने निर्वाचनका लागि अध्यक्ष पदमा मैनालीको मात्रै उम्मेद्वारी परेकाले उनी निर्विरोध निर्वाचित हुने भएका हुन् । उनी सेक्योर्ड सेक्युरिटिजका अध्यक्ष हुन् । साथै, एसोसिएसनको सम्पूर्ण पदाधिकारीमा सर्वसम्मत सहमति भएको छ ।

उपाध्यक्षका लागि वर्तमान महासचिव धर्मराज सापकोटा चयन भएका छन् । त्यस्तै, वर्तमान कार्यसमितिका सदस्य गुणनिधि भुसाल महासचिवका लागि सर्वसम्मत भएका छन् । सचिवमा रमणदेव पन्त रहेका छन् । कोषाध्यक्षमा भक्तिराम घिमिरे चयन भएका छन् । ५ जना सदस्यहरूमा रवीन्द्र श्रेष्ठ, फणीन्द्र ढकाल, सुयोग खनाल, मित्रलाल श्रेष्ठ र मदन पौडेल रहेका छन् ।