२०७८ बैशाख ३ , शुक्रवार

काठमाडौ बाट नियन्त्रित लागूऔषध सहित २ जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौँ – काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरस्थित सडकबाट नियन्त्रित लागूऔषध ६० एम्पूल डाईजेपाम, ६० एम्पूल बुप्रेनोर्फिन र ६० एम्पुल फेनारगन सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगडी नगरपालिका-४ वडारे बस्ने २७ वर्षीय सञ्जु गुरूङ र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-७ बस्ने २६ वर्षीय आले लामा रहेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

 

यसैगरी काठमाडौं महानगरपालिका-६ बौद्ध तिनचुलेस्थित सडकबाट नियन्त्रित लागूऔषध १८ एम्पुल डाईजेपाम, १८ एम्पुल बुप्रेनोर्फिन र २० एम्पुल फेनारगन सहित सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-४ घर भएकी २३ वर्षीया सोनी तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा तामाङको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उक्त ब्यूरोले जनाएको छ ।