२०७८ बैशाख ३ , शुक्रवार

नेप्से ४.४७ अंकले घट्यो

सुनाखरी न्युज/ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको अन्तिम दिन आज (बिहिबार) घटेको छ । आज नेप्से ४.४७ अंकले घटेर १ हजार ६ सय ३६ दशमलव १७ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार आज २ अर्ब ८४ करोड २४ लाख ६९ हजार १७७ को कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये ४ वटा समूह बाहेक अन्य सबै राताम्मे भएका छन् ।

 

बिहीबार ४ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सानिमा जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, गाेर्खाज फाइनान्स लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडकाे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।