२०७७ चैत्र ३० , सोमवार

भारतीय सेनाप्रमुख नरवणेद्वारा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा भेट

सुनाखरी न्युज/काठमाडौं – नेपाली सेनाकाप्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीनदिने औपचारिक भ्रमणका लागि हिजो काठमाडौं आइपुग्नुभयो । नेपाली सेनाका बलाधिकृत रथी प्रभुरामशर्मा र भारतीय राजदूतावासका अधिकारीले भारतीय सेना प्रमुखमनोज मुकुन्द नरवणेलाई विमानस्थलमा स्वागत गरेका थिए ।

 

आज विहान आयोजितएक विशेष समारोहमा भारतीय सेनाप्रमुख नरवणेले काठमाडौंको टुडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा शहीद स्मारक माल्यार्पण गरी मृत शहीदहरु प्रति श्रद्घान्जली अर्पण गर्नुभयो । तत्पश्चात उहाँ नेपाली सेनाको जंगी अड्डा पुग्नुभयोे जहाँ नेपाली सेनाको एक टुकुडीले उहाँको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो । त्यस लगत्तै जनरल नरवणेले नेपाली समकक्षीप्रधान सेनापति पूर्णचन्द्र थापासँग भेटवार्तागर्नुभयो । सो भेटमा दुवै पक्षबीचदुई देशका सेनाबीचको सम्बन्ध तथा द्विपक्षीय रक्षा सहकार्य विस्तार गर्ने बारे छलफल भयो । नेपाली सेनाका वरिष्ठ अधिकारीहरुले भारतीय सेना प्रमुख नरवणे समक्ष ब्रिफिङ् पनि गरेका थिए ।

 

भारत सरकारको तर्फ बाट जनरल नरवणेले नेपालीसेनाकादुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, ल्याबउपकरण, एम्बुलेन्स लगायतकास्वास्थ्य सामाग्रीहरु प्रदान गर्नुभयो । कोभिड–१९ महामारी विरुद्धको लडाइमा अझसघाउ पु¥याउननेपाली सेनालाई थप भेन्टिलेटर पनि उपहार स्वरुपप्रदान गरियो । यस अघि गत जुलाईमा भारतीय सेनाले नेपाली सेनालाई भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको थियो ।